माओवादी केन्द्रका ५ सय नेता-कार्यकर्तालाई नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश

माओवादी केन्द्रका ५ सय नेता-कार्यकर्तालाई नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश

  • बिहिबार, जेष्ठ ३, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

३ जेठ,सुर्खेत ।नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको एक दिन पहिले मात्रै माओवादी केन्द्रका करिब पाँच सय नेता कार्यकर्ताले नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् ।

पार्टीको कर्णाली व्यूरोले संचालन गरेको ‘एकीकृत जनजागरण अभियान’को क्रममा कर्णालीका कालिकोट, जुम्मा, मुगुमा ठुलाे मात्रामा नेकपामा प्रवेश गरेका हुन् ।

कालिकोटबाट ३ सय २०, जुम्मामा १८० र मुगुबाट १ सय २३ जनाले नेकपामा प्रवेश गरेका छन् । उनीहरु फाटफुट एमाले, जनमोर्चा, मालेका कार्यकर्ता भएपनि करिब पाँच जति माओवादी केन्द्रका नेता–कार्यकर्ता भएको नेकपा कर्णाली ब्यूरोले जनाएको छ ।

नवप्रवेशीहरूलाई नेकपाका जिल्ला नेताहरुले स्वागत गरेका थिए । उनीहरुले पार्टीका महासचिवले शुभकामना तथा बधाई सन्देश पठाएको समेत बताएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ