नेपाली भाषालाई पाठ्यक्रमबाट दीर्घकालीन रुपमा हटाउन लागेको भन्दै विद्यार्थी परिषदद्धारा आपत्ति

नेपाली भाषालाई पाठ्यक्रमबाट दीर्घकालीन रुपमा हटाउन लागेको भन्दै विद्यार्थी परिषदद्धारा आपत्ति

  • बिहिबार, जेष्ठ ३, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

काठमाडौं, जेठ ३ ।
कक्षा ११ र १२ मा नेपाली विषयलाई ५० पूर्णाङ्कमा सीमित गर्ने पाठ्यक्रम विकास केन्द्रको तयारी प्रति प्राज्ञिक विद्यार्थी परिषद् नेपालले आपत्ति जनाएको छ ।

विद्यार्थी परिषद्ले एक विज्ञप्ती जारी गर्दै पाठ्यक्रम विकास केन्द्रको उक्त निर्णयले दीर्घकालिन रुपमा नेपाली भाषालाई नै पाठ्यक्रमबाट हटाउन लागेको भन्दै आपत्ति जनाएको हो ।
उक्त निर्णयलाई परिवर्तन गरि कक्षा ११ र १२ मा अनिवार्य नेपालीलाई १०० पूर्णाङ्कको पाठ्यक्रम निर्माण गर्न विद्यार्थी परिषदले पाठ्यक्रम विकास केन्द्रलाई आग्रह गरेको छ ।
विदेशी दातृ निकायको प्रभावमा परेर नेपाली भाषामाथि अनावश्यक प्रहार गर्दै नेपाली भाषालाई कमजोर बनाउने र नेपाली मौलिकतालाई नष्ट गर्ने प्रयास भइरहेको विद्यार्थी परिषद्को दाबी छ ।

उक्त गलत प्रवृत्तिको अन्त्यका लागि शिक्षा क्षेत्रका हरेक सम्बन्धित निकाय सचेत भई राष्ट्रिय हितलाई मध्यनजर गर्दै पाठ्यक्रम परिमार्जन एवं नीति निर्माण गर्न विद्यार्थी परिषद्ले आग्रह गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ