चलचित्र निर्माता माधव वाग्ले नक्कली नेपाली नोटसहित पक्राउ

चलचित्र निर्माता माधव वाग्ले नक्कली नेपाली नोटसहित पक्राउ

  • बिहिबार, जेष्ठ ३, २०७५
  • मिर्मिरे अनलाइन

  • 19.4K
    SHARES

काठमाडौं, जेठ ३। चलचित्र निर्माता माधव वाग्ले नक्कली नेपाली नोटसहित पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंले साढे दुई करोडभन्दा बढी नक्कली नेपाली नोटसहित उनीसहित ६ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा चलचित्र निर्माता वाग्ले, महेन्द्र बोगटी, सुजित तामाङ, साजन तामाङ, प्रकाश सुवेदी र विवेक नापित रहेका छन् ।

प्रहरीले बुधबार पत्रकार सम्मेलन गरी उनीहरुसहित उनीहरुबाट बरामद गरिएको नक्कली नोट सार्वजनिक गरेको छ ।

यस्ता नक्कली नोटहरु होटल रेस्टुराँमा बिल तिर्ने, यौनकर्मीलाई दिने, जुवातास खेल्ने, लागुऔषध कारोबारमा लगाउने र सक्कलीमा मिसाएर बजारमा पुर्‍याउने गरिएको पनि प्रहरीको भनाइ छ ।

चलचित्र निर्माता वाग्लेले भने फिल्म सुटिङका लागि नक्कली नोट बनाएको दावी गरेका छन् । वाग्ले चलचित्र ‘लुट’, ‘छड्के’, ‘रेशम फिलिली’लगायतका निर्माता हुन् ।

गोंगबु, लुभु र बागबजारबाट यी नोट बरामद गरिएको पनि प्रहरीले जनाएको छ ।

 

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ