बनेपा ।
सिटिजन लाइफइन्स्योरेन्स कम्पनी लिमिटेडले बनेपाको चारदोबाटोमा बिस्तार गरिएको नयाँ शाखाबाट सेवा सुरु भएको छ ।
वैशाख२४गते कम्पनीका अध्यक्ष प्रदिपजंग पाण्डेले शाखाको समुद्घाटन गरेको शाखाबाट सेवा प्रदान गर्न थालिएको हो ।
अध्यक्ष पाण्डेले कम्पनीले हाल सम्म गरेको उपलव्धी र भावी कार्ययोजना अनुसारको लक्ष्य हासिल गर्न ग्राहकको आवश्यता अनुरुपको नविनतम योजनाहरु ल्याएर कम्पनीलाईसेवामुखीवनाउने कुरामाजोड दिनु भयो ।
समुद्घाटन कार्यकम्रमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राजपौडेलले बीमावजारको संभाव्यता र कम्पनीको योजनाकोबारेमाजानकारी गराउनुभएको थियो । यस शाखाकार्यालय संचालनपश्चातजनमानसमाबीमाको पहुँचअभिवृद्धि गर्नमा सहयोग हुने विश्वास कम्पनीले व्यक्त गरेको छ । साथै कम्पनीले यसअघि बजारमाप्रचलित सावधिक, अग्रीमभुक्तानीतथाआजीवनबीमाको सुविधा समेटिएकोे सिटिजन जीवन सारथीबीमा योजनाबजारमाल्याएको थियो ।
कम्पनीले निकट भविष्यमा देशका सबै जिल्लाहरुबाट आफ्नागा्रहकवर्गलाइजीवनबीमा सेवाप्रदानगर्ने लक्ष्यलिएको छ ।