आर्थिक विकासमा जुट्दै छन सिन्धुलीका स्थानीय तह

आर्थिक विकासमा जुट्दै छन सिन्धुलीका स्थानीय तह

  • बुधबार, जेष्ठ २, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

रुद्र खड्का/सिन्धुली । सिन्धुलीका स्थानीय तह आर्थिक विकास र समृद्धिकोे ेयोजना बनाउन व्यस्त भएका छन् । स्थानीय तहहरू छिटो र सजिलो ढंगबाट आर्थिक विकास र समृद्धि हासिल गर्न सक्ने सम्भावनाको पहिचान गर्न लागेका हुन्
पर्यटन, जल विधुत, जडिबुट्टी, प्राकृतिक तथा सांस्कृतिक स्रोत साधन, भौतिक संरचनाको प्रचुर सदुपयोग गर्दै उनीहरू समृद्धिको खाका बनाउन लागेका हुन् ।
सिन्धुली ,राजधानी काठमाडौंलाई छोटो दुरीमा जोड्ने बीपी राजमार्ग, धरान–चतरा वैकल्पिक राजमार्ग र मध्यपहाडी लोकमार्ग जोडिएका छन् । सिन्धुलीको विकासको मेरुदण्डका रूपमा हाल बीपी राजमार्ग, मध्यपहाडी लोकमार्ग र धरान–चतरा बैकल्पिक राजमार्गलाई पनि लिन सकिन्छ । गाउँगाँउसम्म यी राष्ट्रिय राजमार्ग तथा लोकमार्ग विस्तार हुनु नै यहाँको समृद्धिको पहिचान बनेको छ ।
बीपी राजमार्ग र मध्यपहाडी राजमार्ग सञ्चालनमा आएपछि यहाँका नागरिकको जीवनस्तर उकासिएको छ भने धरान–चतरा राजमार्ग निर्माणको चरणमा छ । यो राजमार्ग निर्माणपछि विकासको ढोका खुल्नेमा स्थानीय आशावादी देखिएका छन् ।
देश संघीय संरचनामा गएसँगै सिन्धुली जिल्ला ९ वटा स्थानीय तहमा विभाजित भएको छ । दुई दशकपछि नागरिकले जनप्रतिनिधि पाएका छन् भने जनप्रतिनिधिहरू आ–आफ्नो स्थानीय तहका नागरिकको जीवनस्तर माथि उठाउन विभिन्न विकासका आधार पहिल्याउँदै ५ वर्षे कार्यकाललाई विकासमुखी र परिवर्तनमुखी बनाउने प्रयत्नमा छन् ।

कमलामाई नगरपालिका
कमलामाई नगरपालिकाको आर्थिक समृद्धिको आधार कृषि र पर्यटन हो । त्यसका लागि नगरपालिकाले ऐतिहासिक स्थल सिन्धुलीगढीको पुनर्निर्माण र कृषि उत्पादन वृद्धिका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ ।
कमलामाई, कालिमाई, सिद्धबाबा मन्दिर र ऐतिहासिक स्थल सिन्धुलीगढीलगायतका धार्मिक तथा पर्यटकीय स्थल यही नगरभित्र पर्ने भएकाले नगर क्षेत्रमा दैनिक २ हजार पर्यटक भित्र्याउने लक्ष्यका साथ काम भइरहेको नगरपालिकाले जनाएको छ । नगरपालिकाले यो वर्षलाई सरसफाई नगर वर्षका रूपमा घोषणासमेत गरेको छ ।
बीपी राजमार्ग, धरान–चतरा वैकल्पिक राजमार्ग यसै नगरभित्र पर्ने भएकाले सडकले पनि आर्थिक समृद्धिमा ठूलो भूमिका खेलिरहेको छ । नगरपालिकाले वडा नम्बर ७ बाट गोलञ्जोर गाउँपालिकाको खन्याखर्क जोड्ने, कनपा–८ बाट सर्लाहीलाई जोड्ने सडकको निर्माणको काम भइरहेको छ ।
नगरबासीको चाहना उज्यालो नगर घोषणा कार्यक्रमअन्तर्गत अहिले साढे २ करोड रूपैयाँ बराबरको टेन्डर र ट्रान्समिटर खरिदको काम सम्पन्न भइसकेको छ भने अबको ३ वर्षमा नगरपालिका झिलिमिली हुने छ ।

दूधौली नगरपालिका
दूधौली नगरको समृद्धिको आधार भनेको कृषि र उद्योग नै हो । नगरपालिकाको अधिकांश भूभाग कमला नदी किनारमा अवस्थित भएकाले यहाँ अन्न उत्पादन अथाह हुने गर्दछ । कृषि यहाँको प्रमुख आय स्रोत हो । यहाँका जमिनमा एकीकृत खेती विकास गर्ने योजनाका साथ आधुनिक प्रविधि भित्र्याएर जिल्लालाई नै पुग्ने कृषिजन्य उत्पादन गर्ने लक्ष्य लिइएको नगरप्रमुख घनश्याम राउतले बताए । यहाँ रहेका चुरे तथा महाभारत पर्वतका अधिकांश स्थानमा चुनढुंगा पाइने भएकाले सिमेन्ट कारखाना चलाउन सक्ने सम्भावना छ । सिमेन्ट कारखाना सञ्चालन भए नगरका थुप्रै युवाले रोजगारी पाउने छन् ।

तीनपाटन गाउँपालिका
विकासको मेरुदण्ड भनेकै सडक हो । तीनपाटनलाई सडकसँग जोडेर आर्थिक विकास गर्न गाउँपालिका लागि परेको छ । चालू वर्षको अधिकांश बजेट विकास निर्माणका लागि विनियोजन गरिएको छ ।
वर्षेनी चदाँहा नदीका कारण वडा नम्बर १, २, ३ र ५ का पाँच सयभन्दा बढी घरपरिवारको खेतीयोग्य जमिन कटान हुने गरेको छ । त्यसको नियन्त्रणका लागि दीर्घकालिन गुरुयोजना निर्माण गर्ने काम भइरहेको गाउँपालिकाले जनाएको छ ।
धान, मकै, तरकारी, अदुवा, अम्रिसोलगायतको खेतीका लागि तीनपाटनलाई उर्वर भूमि को रुपमा लिइन्छ । । साथै चिराइतो, तेजपत्तालगायतका बहुमुल्य जडिबुट्टीका लागि यो क्षेत्र प्रख्यात मानिन्छ । सामुदायिक वनका रूपमा रहेका वन व्यवस्थापन गर्दै गाउँपालिकाको आर्यस्रोतका रूपमा विकास गर्नुका साथै जडिबुटी संकलन, प्रशोधन तथा निकासीका लागि योजना बनाइएको छ ।

मरिण गाउँपालिका
मरिण गाउँपालिका समृद्धिका दृष्टिले सम्भावना बोकेको गाउँपालिका हो । कृषिमा आधुनिकीकरण र वैज्ञानिकीरण गर्न सके व्यावसायीक तरकारी खेती, माछापालन, पशुपालन, गरी यहाँका किसानले राम्रो आम्दानी गर्न सक्छन् । प्रदेश नम्बर ३ कै एक मात्र आंगिक कृषि क्याम्पस पनि यहीँ स्थापना भएको छ । सुनकोशी डाइभर्सनले गाउँपालिकाका सबै खेतबारीमा सिचाइँको सुविधा पुग्ने छ । यसबाट थप कृषि उत्पादन बढ्ने अपेक्षा गरिएको छ ।
गाँउपालिकाका सबै वडा सडक सञ्जालमा जोडिएसँगै उत्पादित तरकारी, फलफूल, अम्रिसो र दुग्ध उत्पादनको बजारीकरणका लागि कुनै सम्स्या भोग्नुपर्ने छैन । गाउँपालिका रोजगारीको सिर्जना गर्न लघु उद्यम, काष्ठ उद्योग, क्रसर उद्योग सञ्चालन गर्ने योजना छ । यसको सञ्चालनपछि आर्थिक विकास हुने अपेक्षा गाउँपालिकाको छ । जडिबुटीसँग जनताको पहिचान कार्यक्रम घोषणा गरिएको छ ।

हरिहरपुरगढी गाउँपालिका
यो गाउँपालिकामा जलविद्युत् उत्पादनको राम्रो सम्भावना छ । गाउँपालिकाको वडा नम्बर १ मा रहेको कोखाजोर खोलामा हाइड्रोपावर निर्माण गरिँदै छ । निर्माण सम्पन्नपछि सिन्धुलीसहित काभ्रे र मकवानपुर जिल्लालाई पुग्ने विद्युत् उत्पादन हुने छ । अरु जिल्लालाई विद्युत् बेच्न सके गाउँपालिकाको आर्थिक समृद्ध हुने छ ।
ऐतिहासिक स्थल हरिहरपुरगढी, कुण्ड र लसुन पोखरी जस्ता पर्यटकीय क्षेत्र यहीँ पर्छन् । यस्ता ऐतिहासिक तथा पुरातात्विक सम्पदाको संरक्षण तथा प्रवद्र्धन गर्न सके पर्यटन व्यवसाय फस्टाउने गाउँपालिका प्रमुख कार्साङ लामाले बताए । त्यसका लागि गाउँपालिकाले गढीको पुनर्निर्माण पुरानै संरचनामा गर्ने तयारी गरेको छ । पर्यटकलाई आकर्षित गर्न पदमार्ग निर्माणको पूर्वाधार तयार गरिएको प्रमुख लामाले जानकारी दिए ।
चुरे, समथर भूभाग, घाँसे मैदान र महाभारत क्षेत्रसमेत ओगटेको यो गार्उपालिकाको उत्तरी भेगमा जडिबुटी प्रशस्त पाइन्छ । गाउँपालिकाको मुख्य आय स्रोतका रूपमा विकास गर्न ६, ७ र ८ नम्बर वडालाई पशु पकेट क्षेत्र, वडा नम्बर २, ३, ४ र ५ लाई अन्नको भण्डारका रूपमा घोषणा गरेर विभिन्न कार्यक्रम सञ्चालन गरिएको छ ।

गोलञ्जोर गाउँपालिका
गोलञ्जोर गाउँपालिको समृद्धिको आधार जुनार खेती र पशुपालन नै हो । जुनारको पकेट क्षेत्र भीमेश्वर, वित्तिजोर, नाकाजोली, तीनकन्या, रतनचुरालगायतका स्थानमा वर्से्नि १५ करोड रूपैयाँभन्दा बढीको जुनार उत्पादन हुने गरेको छ । यहाँका अधिकांश किसान जुनार खेतीमा आश्रित छन् । जुनार खेतीलाई आधुनिकीकरण गर्दै उत्पादन बढाउने योजना रहेको गाउँपालिकाका प्रमुख पुष्प कार्कीले बताए ।
सुनकोशी नदीमा खेलिने ¥याफ्टिङ र गोलञ्जोर भ्युटावरबाट स्वदेशी तथा विदेशी पर्यटक प्रवेश गराए आर्थिक उर्पाजन गर्न सकिन्छ । गाउँपालिकाको कोशीगडतिर क्षेत्रमा बाख्रापालन गरेर किसानले प्रशस्त लाभ लिन सक्छन् । आगामी तीन वर्षमा गाउँपालिकाले दैनिक कुनै एउटा ठूलो सहरलाई पुग्ने तरकारी उत्पादन गरी निर्यात गर्ने लक्ष्य बनाएको छ ।
सुनकोसी नदीको पानीलाई लिफ्ट सिँचाइमार्फत तानेर करिब ७ सय रोपनीमा तरकारी खेतीका लागि योजना बनाइएको छ । गाउँपालिका अध्यक्ष पुष्पबहादुर कार्कीका अनुसार धान खेती हुने समयबाहेक अन्य समयमा तरकारी खेती गर्ने गरी योजना बनाइएको छ ।

सुनकोशी गाउँपालिका
सुनकोशी गाउँपालिकाका नदीनाला र वनस्पतिको संरक्षण र प्रयोग नै यस गाउँपालिकाको आर्थिक समृद्धिको आधार हो । यही गाउँपालिका हुँदै बीपी राजमार्ग सञ्चालनमा आएकाले यहाँको विकासमा समस्या छैन । सडक भएमा उत्पादन भएका कृषिजन्य सामाग्री बजारसम्म ल्याउन सजिलो हुन्छ । अबको पाँच वर्षमा सुनकोशी गाउँपालिकालाई देशकै नमुना बनाउने कार्ययोजना बनाइएको छ । अन्य स्थानीय तहको तुलनामा सुनकोशी गाउँपालिका सम्पन्न र शैक्षिक उर्वर भूमि छ । शिक्षा क्षेत्रलाई थप व्यवसायीकरण गर्ने योजना बनाइएको छ ।
सुनकोसी नदीको पानी मध्य तराईमा पु¥याउने योजना गाउँपालिकाले बनाएको छ । मरिन नदी हुँदै बागमती नदीमा मिसाएर मध्य तराईमा सुरुङ मार्फत पानी पु¥याउने तयारी छ । यो आयोजना सिन्धुलीको सनुकोसी गाउँपालिका–७ स्थित सुनकोसी र तामाकोसी नदीको संगमस्थलभन्दा ७ सय ५० मिटर तल बाँध बनाएर सुरुङमार्ग हुँदै सिन्धुलीको कमलामाई नगरपालिका–१ डाँडीपुल नजिकै मरिण नदीमा पावरहाउस निर्माण गरी पानी झार्ने तयारी गरिएको छ ।

फिकल गाउँपालिका
सिन्धुलीकै सबैभन्दा उचाइमा रहेको फिकल गाउँपालिकाले पर्यटनमार्फत् समृद्धिको सपना देखेको छ । जिल्लाको मनोरम दृष्य हेर्न भ्यूटावर निर्माण गरिएको छ । दैनिक १ हजार पर्यटक भिœयाउने लक्ष्यका साथ भ्यूटावरको प्रवद्र्धनमा गाउँपालिका जुटेको छ । गाउँपालिकाको पहिलो विकास लक्ष्य भनेको सबै वडालाई सडक सञ्जालमा जोड्नु हो । यो गाउँपालिकाको अधिकांश वडा महाभारत पर्वत शृङ्खलामा पर्ने भएकाले यहाँ पाइने जडीबुटीको संरक्षण गरी बिक्री गर्न सकिन्छ । पशुपालनलाई पनि गाउँपालिकाको मुख्य स्रोतको रूपमा विकास गर्न सकिन्छ । महाभारत पहाडमा धेरै प्रकारका जडीबुटी पाइने र त्यसबाट नै धेरै आर्थिक उपार्जन गर्न सकिने सम्भावना गाउँपालिकाले देखेको छ ।

घ्याङलेख गाउँपालिका
घ्याङलेख गाउँपालिकाको अधिकांश ९९७ प्रतिशत० भूभाग महाभारत पहाडमा नै अवस्थित छ । अधिकांश बासिन्दा परम्परागत पशुपालन र कृषिमा नै निर्भर छन् । नगदेबाली लगाउन किसानलाई प्रेरित गरिने गाउँपालिकाले जनाएको छ । यस्तै आधुनिक प्रविधिबाट कृषि र पशुपालन गर्न कृषकलाई तालिम तथा विभिन्न सहयोग गरिने गाउँपालिका प्रमुख जगतबहादुर भ्लोनले बताए । अधिकांश भूभाग र बस्ती विकट स्थानमा नै रहेकाले बाटो र विजुली विस्तारलाई प्राथमिकता दिइने भएको छ । अहिले गाउँपालिकाको ध्यान सडक, बत्ती र कृषिमा नै केन्द्रित छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ