मोरङको उर्लाबारी–२ का ४७ बर्षिय रुद्र दास नेत्रहिन हुन् । तर, उनले निकाल्ने
मुरलीको सुरिलो धुनले धेरैको मन लोभ्याउँछ ।
सानै उमेरदेखी मुरलीबाट राम्रो धुन निकाल्ने दासले पूर्वको झापा र मोरङका आधा दर्जन कार्यक्रममा
आफ्नो प्रस्तुती देखाईसकेका छन् । झापाको दमकस्थित पाथीभरा एफएममा पनि
उनले मुरलीको धुन बजाएर सबैको मन जित्न सफल भएका छन् ।
साथै उनी मादल र माउथ हार्मोनियम एकैसाथ बजाउन पनि सिपालु छन् । आफुमा प्रतिभा भएपनि
नेत्रहिन भएकै कारण अवसर नपाएको उनले दुखेसो पोखे । उनले कुनै गीतमा धुन
भर्ने अवसर पाएको खण्डमा आफ्नो प्रतिभा देखाउने सोचाईमा छन् । उनले
भने–‘हामी जस्तो नेत्रहिनलाई कसले पो काम दिन्छ र ?’ उनले मुढा बन्ने
तालिम समेत दिने गर्दछन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline