शोसित पिडित जनताको लागि अब अर्को आन्दोलन: यादव

शोसित पिडित जनताको लागि अब अर्को आन्दोलन: यादव

  • बुधबार, जेष्ठ २, २०७५
  • मिर्मिरे अनलाइन

  • 13.6K
    SHARES

बीरगंज ।
नेपाल संघिय समाजवादी पार्टी पर्साको जिल्ला अगुवा कार्यकर्ता भेला तथा जिल्ला तदर्थ समिति गठन सभा आज बीरगंजमा सम्पन्न भएको छ ।
बीरगंजको नगरसभागृहमा सम्पन्न वृहत भेलाले हरेन्द्र साह कानुको अध्यक्षतामा ४५ सदस्यीय जिल्ला तदर्थ समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा महम्मद नसुरल्लाहा मियां, सचिवमा बालेश्वर चौधरी, सहसचिवमा पप्पु चौरसिया र सदस्यहरुमा उमेश गिरी, समिम मिया, ममरुद्दिन अन्सारी, हरिशंकर साह, सिनरिखिया देवी कंकड, विजय कुशवाहा, गौरा चौधरी, फरियाद अहमद, अनिल पटेल, दिपेन्द्र पटेल लगायतका रहेका छन् ।
कार्यकर्ता भेलाको उद्घाटन गर्दै पार्टीका केन्द्रिय उपाध्यक्ष राजकुमार यादवले संविधान स्वीकार गरी मन्त्री, मुख्यमन्त्री बन्ने तर सोही संविधान अपुरो छ भन्नेहरुले जनतालाई मुर्ख बनाएको र भ्रममा पारेको बताउनु भयो ।

उहांले वैज्ञानिक समाजिक नीति भन्ने माओवादी, एमाले हाल सत्ताका लागि एकिकरण हुन लागेको बताउदै पर्सामा प्रहरी प्रशासनको निष्कृयताका कारण गाउं गाउंमा तस्कर अपराधिहरुले आतंक मच्चाएको दावी गर्नु भयो ।
उहांले शोसित पिडित जनताको अधिकारको लागि अब अर्को आन्दोलन शुरु हुने बताउदै त्यो आन्दोलनले नेताको घर, टोल, नाता र समुदायको मात्र विकास गर्नेहरुलाई समाप्त पार्ने चेतावनी दिनुभयो ।


कार्यक्रममा पोखरीया नगरपालिकाका नगर प्रमुख दिपनारायण रौनियारले चुनाव पछि पार्टीलाई सशक्त रुपमा अगाडी बढाउन भेलाको आयोजना गरिएको र गरिव, दलित, असहायको पक्षमा पार्टीले काम गर्दै आएको स्पष्ट पार्नु भयो ।
कालिकामाई गाउंपालिकाका अध्यक्ष एवं पार्टीका केन्द्रिय सदस्य नथुनी कुशवाहाको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल संघिय समाजवादी पार्टीका केन्द्रिय सदस्य विना देवी वैठा, कविता चौधरी, भिष्म सिंह, इम्दाद गद्दी, स्वतन्त्र मानव अधिकार समाजका केन्द्रिय अध्यक्ष कृष्ण कुमार खनाल, वान प्रदेश नम्बर २ का अध्यक्ष आर.सि.यादव लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रमको सहजिकरण संदिप चौरसियाले गर्नु भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ