काठमाडौं । राजस्थानप्रगतिशील लेखक संघको चार सदस्यीय प्रतिनिधिमण्डलले आज प्रेस काउन्सिलमाअवलोकन भ्र्रमण गरेको छ ।
सो अवसरमाआयोजित छलफल कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य सचिवतथा सूचनाविभागकामहानिर्देशकबालकृष्ण घिमिरेले खादामालाले पाहुना टोलीको स्वागतगर्दै आपसी सहकार्य र समन्वयबाट नै मैत्रीपूर्ण सम्वन्धजीवन्त रहने धारणा राख्नुभयो ।
राजस्थानप्रगतिशील लेखक संघका महासचिव ईशुमधु तलवारले दुईदेशका लेखक, पत्रकारहरुवीचआपसी सम्वन्धलाई जोड दिने र यस क्षेत्रलाई थपउर्जाशीलबनाउन सहयोग पुग्ने धारणा राख्दै न्यानो आतिथ्यताकालागिधन्यवादव्यक्तगर्नुभयो । मधेशीपत्रकार समाजकाअध्यक्षमोहनकुमार सिंहले भ्रमणदलका सदस्यहरुको संयोजन गर्नुभएको थियो ।
कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्यहरु सुदर्शन आचार्य, गोविन्दप्रसाद चौंलागाईँ, चेतनाथधमला, मुख्यअधिकृत झविन्द्र भुसाललगायतको सहभागिता रहेको थियो ।