गरिमा विकास बैंक लिमिटेडद्धारा “गरिमा रेमिट”सञ्चालन

गरिमा विकास बैंक लिमिटेडद्धारा “गरिमा रेमिट”सञ्चालन

  • बुधबार, जेष्ठ २, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

काठमाण्डौ ।
गरिमाविकास बैंक लिमिटेडले जेष्ठ १गते देखि आफ्नो रेमिट प्रोडक्ट “गरिमा रेमिट”सञ्चालनमा ल्याएको छ ।

आज आयोजित एक कार्यक्रमका बीच विकास बैंककासञ्चालक डा.आनन्द प्रसादश्रेष्ठलेगरिमा रेमिटकोउद्घाटन गर्नुभएको हो ।

उद्घाटन कार्यक्रममा बोल्दै सञ्चालक डा.आनन्द प्रसाद श्रेष्ठले विकास बैंकले ग्राहकहरुलाई प्रदान गर्ने सेवाहरुमा विविधिकरण गर्दै जाने क्रममा गरिमा रेमिट जस्तो महत्वपूर्ण प्रोडक्ट सञ्चालनमा ल्याईएको र यस रेमिटको माध्यमबाट देशका विभिन्न स्थानहरुमा रहने गरिमा रेमिटका एजेण्टहरु मार्फत एक स्थानबाटअर्को स्थानमा सहज रुपमा रकम स्थानान्तरण गर्न सकिने बताउनुभयो ।
विकास बैंकका प्रमूख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले बर्तमान प्रतिश्पर्धात्मक वातावरण, सेवाको विविधकरण तथा ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै विकास बैंकले गरिमा रेमिटनामको रेमिट्यान्स प्रोडक्ट सञ्चालनमा ल्याएको र छोटो समयभित्र नै गरिमा रेमिटलाई एउटा स्थापित रेमिट ब्राण्डबनाउने गरि कार्य गरिने बताउनूभयो ।

साथै, उक्तकार्यक्रममा बोल्दै प्रमूख कार्यकारी अधिकृत ढकालले विकास बैंकले छिट्टै नै विदेशी मुद्रा विनिमय सम्बन्धी कार्य गर्ने तथा भिसा डेविट कार्ड समेत सञ्चालनमा ल्याईने बताउनूभयो ।
काठमाण्डौं महानगरपालिका वार्ड नं.–२, लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको विकास बैंकले बैशाख महिनामा प्रदेश नं.१ का झापा,मोरङ्ग र सुनसरी जिल्लामा ८ वटा शाखाकार्यालय सञ्चालनमाल्याएको छ ।

हाल राजधानीमा ५ शाखाकार्यालय सहित देशभर ५७ वटा शाखाकार्यालय र १२ वटा ब्त्ः संचालनमा रहेको छन । साथै, विकास बैंकले छिट्टै नै झापाको दमक, काठमाण्डौंको नयां बानेश्वर, भक्तपूरको सुर्यविनायक, ललितपूरको कूमारीपाटी, रुपन्देहीको योगीकुटी, कैलालीको धनगढी, बांकेको नेपालगञ्ज, दाङ्गको घोराही र पोखराको रामबजारमा समेत शाखाकार्यालय स्थापनागर्दैछ ।उल्लेखितशाखाकार्यालय स्थापनापश्चातविकास बैंककाकुलशाखा संख्या६६ पुग्नेछन ।
हालविकास बैंकको चूक्ता पुंजी२अर्ब ५३ करोड४८लाख७९ हजार रहेको छ । विकास बैंकले २०७५ बैशाखमसान्तसम्म१८अर्ब ९० करोड रुपैंया निक्षेप संकलनगरि १७अर्ब ५० करोड रुपैंया कर्जा लगानी गरेको छ ।उक्तअवधिसम्मविकास बैंकले ४४ करोड सञ्चालनमूनामाआर्जन गर्न सफलभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ