मकालु एयरको विमान दुर्घटनामा मृत्यु भएका पाइलटको शव काठमाडौं ल्याइयो

मकालु एयरको विमान दुर्घटनामा मृत्यु भएका पाइलटको शव काठमाडौं ल्याइयो

  • बुधबार, जेष्ठ २, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.5K
    SHARES

काठमाण्डौ, २ जेठ ।

हुम्लामा आज मकालु एयरको विमान दुर्घटना हुँदा मृत्यु भएका पाइलट र कोपाइलटको शव काठमाडौं ल्याइएको छ ।
सिम्रिक एयरको हेलिकोप्टरबाट शव काठमाण्डौको शिक्षण अस्पताल महाराजगन्जमा ल्याईएको छ ।त्यसअघि घटनास्थलबाट माउन्टेन एयरको हेलिकोप्टरले शव सुर्खेत ल्याएको थियो ।

आज बिहान ६ बजेर १२ मिनेटमा सुर्खेतबाट कार्गो सामान लिएर सिमकोट उडेको मकालु एयरको एजेयू–नाइन–एन सिमकोटदेखि १० दशमलव ७ नटिकल माइल दक्षिण–पश्चिम थार्पुनाथ गाउँपालिकाको बाहुनचौरमा दुर्घटना भएको थियो ।

घटनास्थल समुद्री सतहदेखि १२,८०० फिट उचाईमा अवस्थित छ । दुर्घटनामा जहाजमा सवार चालक किरण भट्टराई र सहचालक आदित्य नेपालीको मृत्यु भएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ