सार्वजनिक सुरक्षा विधेयक प्रस्तुतः अन्तरजाति विवाह गर्दा मृत्युवरण गर्नुपर्ने अवस्थाको सरकारी संयन्त्रले बल पुर्याएको छ-सांसद

सार्वजनिक सुरक्षा विधेयक प्रस्तुतः अन्तरजाति विवाह गर्दा मृत्युवरण गर्नुपर्ने अवस्थाको सरकारी संयन्त्रले बल पुर्याएको छ-सांसद

  • बुधबार, जेष्ठ २, २०७५
  • मिर्मिरे अनलाइन

  • 9K
    SHARES

काठमाडौँ, २ जेठ ।
प्रतिनिधिसभामा सार्वजनिक सुरक्षा (तेस्रो संशोधन) विधेयक, २०७५ प्रस्तुत गरिएको छ ।

गृहमन्त्री रामबहादुर थापाका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तमाङले उक्त विधेयक सदनसमक्ष पेश गर्नुभएको हो ।

प्रतिनिधिसभाको अर्को बैठक यही जेठ ४ गते शुक्रबार दिनको १ बजे बस्नेछ ।

यसअघि आजको प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्ने सांसदहरुले आ–आफनो जिल्लामा भएका प्राकृतिक प्रकोपले पुर्याएके क्षति लगायतका समसामयिक घटनाहरुकोबारेमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

सांसद भरतबहादुर सिंहले बझाङलाई असिनापीडित जिल्लाको रुपमा घोषणा गरी कृषकलाई क्षतिपूर्ति र राहत उपलब्ध गराउन माग गर्नुभयो ।

असिना पानीपछि आएको पहिरोबाट जयपृथ्वी राजमार्ग अवरुद्ध भएको, एकै परिवारका पाँचजना पहिरोमा परेको जनाउँदै उहाँले मृतकका परिवारलाई राहत उपलब्ध गराउन आग्रह गर्नुभयो ।

सांसद दिलेन्द्रप्रसाद बडूले आजपनि विमान दुर्घटनाबाट दुई जनाको ज्यान गएको भन्दै विमान दुर्घटनाका घटनालाई दोहोरिन नदिने उपाय अबलम्वन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद अन्जना विशंखेले अन्तरजाति विवाह भएकै कारण मृत्युवरण गर्ने अवस्थालाई सरकारी संयन्त्रले बल पु¥याइरहेको आरोप लगाउँदै काभ्रेका कल्पना पराजुली र अजित मिजारबीचको अन्तरजातीय विवाहले निम्त्याएको घटनाक्रमको फेहरिस्त सुनाउनुभयो ।

सांसद प्रमोद साहले नवलपुर–मलंगवा सडक निर्माण शुरु भएको आठ वर्षसम्म पनि ज्यूँका त्यूँ अवस्थामा रहेकाले सरकारले त्यस सडक निर्माणमा विशेष चासो देखाउन आग्रह गर्नुभयो ।

सांसद प्रेम सुवालले संसद् सञ्चालनसम्बन्धी नियमावलीमा फौज्दारी अपराधमा संलग्न हुने सांसदलाई निलम्बन गर्ने कि नगर्ने भन्ने विवाद गरेर नियमावली प्रस्तुत हुन नसक्नु बेठीक भएको बताउनु भयो ।

अर्का सांसद दुर्गा पौडेल र निरु पालले महेन्द्रनगर अस्पताललाई व्यवस्थित तुल्याउन तथा दोधरा र चाँदनीमा भारतीय पक्षबाट हुँदै आएको थिचोमिचोबाट नेपाली जनताले दुःखकष्ट खेप्नु परेको बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ