काठमाडौं, जेठ २ ।
प्रदेश नं ५ को प्रदेश सभाको बैठक आज पनि बस्दै छ । अस्थायी मुकाम बुटवलमा हुने बैठकमा आज पनि बजेटका सिद्धान्त, उद्देश्य र प्राथमिकतामा सैद्धान्तिक छलफल हुने प्रदेशसभाको सचविालयले जनाएको छ ।
बैठकमा प्रदेश सदस्यहरुले आफ्नो धारणा राख्ने छन् । यसका लागि एक जनालाई ३ मिनेट समय निर्धारण गरिएको प्रदेश सचिव मानबहादुर विकले जानकरी दिनुभयो । हिजोको बैठकमा २० जना सांसदले आफ्ना सुझाव राख्नु भएको थियो ।
छलफलका लागि ४७ सांसदले प्रदेशसभा सचिवालयमा नाम दर्ता गराएका छन् । गत आइतबार अर्थमन्त्री समेत रहेका मुख्यमन्त्री शंकर पोखरेलले सरकारले आगामी वर्ष ०७५र७६ का लागि तयार गर्न बनेको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता संसदमा प्रस्तुत गर्नुभएको थियो ।
यसअघि ल्याएको चालु आर्थिक वर्षको नीति कार्यक्रम र बजेटमा छलफल गर्ने समय नपाएको प्रदेश सदस्यको गुनासो अनुसार सरकारले बजेट आउनुभन्दा १ महिनाअघि नै सिद्धान्त, उद्देश्य र प्राथमिकतामा छलफल सुरु गर्न लागेको हो ।