अन्तिम समयमा उत्तर कोरियाले किन रद्ध गर्यो दक्षिण कोरियासँगको वार्ता ?, अमेरीकासँगको वार्ता पनि अनिश्चित

अन्तिम समयमा उत्तर कोरियाले किन रद्ध गर्यो दक्षिण कोरियासँगको वार्ता ?, अमेरीकासँगको वार्ता पनि अनिश्चित

  • बुधबार, जेष्ठ २, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

एजेन्सी, जेठ २ ।
उत्तर कोरिया र दक्षिण कोरियाबीच आज हुने भनिएको उच्चस्तरीय वार्ता उत्तर कोरियाले रद्द गरेको छ ।

उत्तर कोरियाली नेता किम जोन उनले अमेरिका र दक्षिण कोरियाबीच संयुक्त सैन्य अभ्यास जारी रहेको भन्दै त्यसप्रति असन्तुष्टी जनाउँदै वार्ता रद्द गरेको उत्तरकोरियाली सरकारी समाचार संस्था केसीएनएलाई उद्धत गर्दै अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यी दुई राष्ट्रबीच पनमुनजोममा आज उच्चस्तरीय वार्ता गरी विगतमा दक्षिण र उत्तर कोरियाका दुई नेताबीच भएको ऐतिहासिक वार्ताका क्रममा भएका सहमतिलाई कार्यान्वयन गर्ने योजना भएको थियो ।

उत्तर कोरियाको यो निर्णयले आगामी जुन १२ मा अमेरिकासँग हुने भनिएको वार्ता पनि अन्यौलमा परेको छ ।
अमेरिका र दक्षिण कोरियाले गत शुक्रबार मात्रै बी ५२ बमबर्षक विमान र एफ १५ जेट विमानका साथमा एक सय लडाकु विमान तैनाथ गरेको थियो ।

उत्तर कोरियाको यो निर्णयप्रति दक्षिण कोरियाको कुनै प्रतिक्रिया आएको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ