फेसवुकले झण्डै ३ करोड स्ट्याटस हटायोः तपाईको पनि पर्यो कि ? (कारणसहित)

फेसवुकले झण्डै ३ करोड स्ट्याटस हटायोः तपाईको पनि पर्यो कि ? (कारणसहित)

  • बुधबार, जेष्ठ २, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

एजेन्सी, जेष्ठ २ ।
सामाजिक सञ्जाल फेसवुकले विकृतीजन्य २ करोड ९० लाख स्ट्याटस हटाएको बताएको छ ।

फेसवुकले सन २०१८ को ३ महिनाको तथ्याङ्क पहिलोपटक सार्वजनिक गरेको हो । आफ्नो नियम पालना नगरी पोष्ट गरिएका घृणायुक्त विचार, हिंसालाई प्रोत्साहन गर्ने तथा आतंकबाद र यौनसंग सम्वन्धित गतिविधिलाई हटाईएको फेसवुकले जनाएको छ ।

फेसबुकको नियम पालना नगर्ने २ करोड ९० लाख प्रयोग कर्तालाई चेतावनी समेत दिईएको छ । नियम उल्लंघन गर्ने प्रयोग कर्ताको सूची पहिलो पटक सार्वजनिक गर्दै फेसवुकले आफ्नो नियम पालना गराउन वाध्य पार्ने तयारी गरेको बीबीसीले जनाएको छ ।

कानून पालना गराउने उद्देश्य पुरा गर्नका लागि फेसवुकले कृत्रिम सुचना प्रणाली सम्वन्धी सफ्टवेरको विकास गरिरहेको छ । यसका लागि कम्पनीले १५ हजार जनशक्ती परिचालन गरेको छ । सो सफ्टवेरले फेसवुकमा दुरुपयोग रोक्न प्रयास गर्ने बीबीसीले उल्लेख गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ