मकालु एयरको विमान हुम्लामा दुर्घटनाग्रस्त अवस्थामा भेटियाे, चालक दलका दुवै सदस्यको मृत्यु

मकालु एयरको विमान हुम्लामा दुर्घटनाग्रस्त अवस्थामा भेटियाे, चालक दलका दुवै सदस्यको मृत्यु

  • बुधबार, जेष्ठ २, २०७५
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

२ जेठ, काठमाडौं । वेपत्ता भनिएकाे मकालु एयरको वेपत्ता कार्गो विमान हुम्लामा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ ।

हुम्लाको खार्पुनाथ गाउँपालिकाको बाहुनखर्कमा भएको दुर्घटनामा चालक दलका दुवै सदस्यको मृत्यु भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले जानकारी दिनुभयाे ।

जहाजमा सवार चालक किरण भट्टराई र सहचालक आदित्य नेपालीको मृत्यु भएको प्रहरी प्रमुख डिआइजी सुरेश शाहले जानकारी दिनुभयो ।

उनीहरुको शव हेलिकोप्टरबाट सुर्खेत ल्याईएको बताइएको छ । एजेयू–नाइन–एन कलसाइनको जहाज बिहान ६ बजेर १२ मिनेटमा सुर्खेतबाट कार्गो सामान लिएर हुम्लाको सिमकोटका लागि उडेको थियो ।

दुर्घटनास्थल सिमकोटदेखि १० दशमलब ७ नटिकल माइल दक्षिण–पश्चिम राया र थालीको बीचमा पर्दछ । डिआइजी शाहले जहाज तीन टुक्रा भएको अवस्थामा भेटिएको बताउनुभयो ।

जहाज हराएको सुचना पाउने बित्तिकै बाजुरा, मुगु र हुम्लामा नेपाल प्रहरी र नेपाली सेनाको टोलीले आफ्नो जिल्लामा खोजी गरेका थिए ।

तर, स्थानीयले जहाज देखेको सुचना दिएपछि सिमकोटबाट नेपाल प्रहरीका असई, नागरिक उड्डयन प्राधिकरणका एकजना कर्मचारी र दुईजना मेडिकल सदस्य रहेको टोली त्यहाँ पुगेको थियो ।

टोलीले शव निकाल्न नसकेपछि सिमकोटबाट थप जनशक्ति लिएर हेलिकोप्तर त्यसतर्फ गएको थियो । ९ एन एजेयु कल साइन भएको सो जहाजमा क्याप्टेन किरण भट्टराई र को–पाइलट आदित्य नेपाली मात्र सवार थिए ।

आज बिहान ६ बजेर १२ मिनेटमा सुर्खेत विमानस्थलबाट उडेको सो जहाज केहीबेर पछि नै सम्पर्क्बिहीन भएको थियो । सिंगल इन्जिन भएको सो जहाज सुर्खेतबाट कार्गो लोड गरेर हुम्ला सदरमुकाम सिमकोटका लागि उडेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ