१ जेठ,काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका भक्तपुर सेक्रेटरी कुशल बोगटीलाई प्रहरीले मंगलबार गिरफ्तार गरेको छ ।
कालिकोटको रुप्सा घर भएका बोगटीलाई दिउँसो बागबजारबाट प्रहरीले गिरफ्तार गरेको नेकपा भक्तपुरले जनाएको छ । बोगटीलाई काठमाडौं जिल्ला प्रहरी कार्यालय टेकुमा राखिएको छ ।
उनलाइ किन गिरफ्तार गरिएको भन्नेबारे प्रहरीले केही बताएको छैन । यसैबीच नेकपा भक्तपुरले निर्दोश नेता-कार्यकर्तामाथि प्रहरीले गिरफ्तारी र धरपकड जारी राखेको भन्दै आपत्ति जनाउँदै बोगटीको तत्काल रिहाईको माग गरेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline