प्रदेश ३ मा आजबाट दोस्रो अधिवेशन सुरु

प्रदेश ३ मा आजबाट दोस्रो अधिवेशन सुरु

  • मङ्लबार, जेष्ठ १, २०७५
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

हेटौंडा, जेष्ठ १ ।
प्रदेश ३ मा प्रदेशसभाको दोस्रो अधिवेशन आज सुरु हुँदैछ । पहिलो दिन आज प्रदेश सरकारले आगामी वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्ने कार्यक्रम छ ।
सरकारको सिफारिसमा प्रदेश प्रमुख अनुराधा कोइरालाले आजबाट दोस्रो अधिवेशन आह्वान गर्नुभएको हो ।
आजको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । प्रि–बजेटमाथिको छलफल भने पर्सी बिहीबार शुरु हुनेछ । बैठकले भक्तपुरबाट निर्वा्चित सभासद हरिशरण लामिछानेको निधनप्रति शोक प्रस्ताव पारित गर्ने कार्यसूची छ । लामिछानेको मष्तिस्कघातका कारण हिजो निधन भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ