पहिरोका कारण अवरुद्ध सिद्धार्थ राजमार्ग दुई तर्फी रुपमै सन्चालनमा

पहिरोका कारण अवरुद्ध सिद्धार्थ राजमार्ग दुई तर्फी रुपमै सन्चालनमा

  • मङ्लबार, जेष्ठ १, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

काठमाडौ, १ जेठ ।
पहिरोका कारण अवरुद्ध रहेको सिद्धार्थ राजमार्ग आज बिहानबाट दुईतर्फी रुपमा सन्चालनमा आएको छ ।

पाल्पाको तिनाउ गाउँपालिका–३ को हेडबक्स भन्ने स्थानमा माथिबाट पहिरो खसेपछि हिजो दिनभरी यातायात सेवा अवरुद्ध भएको थियो ।

रातभरी लगाएर पहिरो हटाएपछि अहिले दुईतर्फी रुपमा नै सवारी सन्चालन भइरहेको जिल्ला प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

यस्तै, ओखलढुंगाको सदरमुकामबाट ग्रामिण सडकमा चल्ने गाडीहरु पनि बीच बाटोमै रोकिएका छन् । सदरमुकामबाट खिजीदेम्वा गाउँपालिकासम्म चल्ने दुई वटा सडकमा वर्षाका कारण यातायात ठप्प छन् ।

ओखलढुंगाको पात्ले सडक र ओखलढुंगा जन्तरखानी भुसिंगा सडकमा पनि यातायात सञ्चान गर्न नसकिएको खिजीदेम्वा गाउँपालिका ४ का वडा अध्यक्ष कमल न्यौपानेले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी