सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा आजपनि बहस जारी

सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा आजपनि बहस जारी

  • मङ्लबार, जेष्ठ १, २०७५
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाडौ १ जेठ ।
सुन तस्करी र सनम शाक्य हत्या मुद्दामा जिल्ला अदालत मोरङमा आज पनि प्रतिवादीतर्फका कानुन व्यवसायीहरुको बहस जारी रहने भएको छ ।

सरकारी वकिलहरुको थुनछेक बहस सकिएपछि प्रतिवादीका तर्फबाट बहस भइरहेको छ । यसअघि हिजो प्रतिवादी तर्फका वकिलहरुले थुनामा रहेका आरोपीलाई धरौटीमा रिहा गरी पुर्पक्ष गर्न माग गरेका छन् ।

प्रतिवादीका तर्फबाट वरिष्ठ अधिवक्ताहरु राजेन्द्र भट्टराई माधवराज आचार्य र सुरेशलाल श्रेष्ठसहित ६ जना कानून व्यवसायीले साधारण तारेखमा रिहा गरी पुर्पक्ष गर्न माग गरेका हुन् ।

कानुन व्यवसायीहरुले अभियुक्त विरुद्ध संगठित अपराध ऐन आकर्षित नहुने र तत्काल प्राप्त प्रमाणका आधारमा अभियोग पुष्टि नहुने भन्दै तस्करी भएको भनिएको सुन बरामत नभएकाले भन्सार चोरीपैठारी मुद्दा समेत स्थापित नहुने बताएका छन् ।

थुनछेक बहसका क्रममा सरकारी वकिलहरुले भने प्राप्त प्रमाणका आधारमा आरोपी सबै दोषी देखिएकाले थुनामा राखेर पुर्पक्ष गर्न माग गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ