काठमाण्डौ, १ जेठ ।
एमाले सांसद एवं पूर्वडिआइजी नवराज सिलवालविरुद्धको किर्ते अभियोगमा पुन अनुसन्धान हुने भएको छ ।
सिलवालमाथिको अभियोगमा पुनः अनुसन्धान गर्नुपर्ने देखिएको भन्दै सो सम्बन्धी फाइल प्रहरी परिसर काठमाडौंलाई फिर्ता गर्न लागिएको सरकारी वकिल कार्यालय स्रोतले जनाएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंले तीन महिनाअघि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा पठाएको किर्ते अभियोगको फाइन पुनः अनुसन्धान गर्न परिसरलाई नै फिर्ता पठाउने तयारी गरेको हो ।
जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंका प्रमुख एवं सहन्यायाधिवक्ता सूर्यराज दाहालले भने उक्त अभियोगमा अहिले कुनै प्रक्रिया अघि नबढेको दाबी गर्नुभयो ।
अहिले केह प्रक्रिया अघि बढेको छैन तर फाइल कि अनुसन्धानका लागि प्रहरी परिसर जान्छ कि अदालतमा पेस हुन्छ। दुईमध्ये एक हुन्छ, त्यो छिट्टै हुन्छ,’ दाहालले भन्नुभयो ।
नागरिक दैनिकबाट