अखिल (क्रान्तिकारी)ले लैनचौरमा आज बिशाल विद्यार्थी र्याली तथा सभा गर्दै

अखिल (क्रान्तिकारी)ले लैनचौरमा आज बिशाल विद्यार्थी र्याली तथा सभा गर्दै

  • मङ्लबार, जेष्ठ १, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

काठमाडौं, १ जेठ ।
अखिल (क्रान्तिकारी)ले आज बिशाल विद्यार्थी ¥याली तथा सभा आयोजना गर्ने भएको छ ।
५४ औं विद्यार्थी दिवसको अवसर पारेर आज काठमाण्डौमा बिशाल सभा गर्न लागेको अखिल क्रान्तिकारीका अध्यक्ष चिरन्जीवी ढकालले जानकारी दिनुभयो ।
जेठ १ गते काठमाडौ जाऔ, बिशाल विद्यार्थी सभा भब्यरुपमा सफल पारौं भन्ने नाराका साथ मध्यान्ह साढे १२ बजे लैनचोर खेलमैदानमा हुने विद्यार्थी दिवसको तयारी पुरा भएको अध्यक्ष ढकालले बताउनु भयो ।
अध्यक्ष ढकालले राज्यको लगानी रहेको सार्वजनिक शिक्षा मजबूत् , नीजि विद्यालयहरुको मनलाग्दी शुल्क अन्त्य, विश्व विद्यालयमा राजनीतिक भागवन्डाको अन्त्य र शिक्षामा राज्यले २० प्रतिशत लगानी गर्ने सुनिश्चितता लगायतका बिषयमा आफ्नो संगठन दृढ भएको बताउनु भयो ।
समाजवादी शिक्षा प्राप्तिको आन्दोलन र निजि शिक्षाको अन्तको लागि आफ्नो संगठन जस्तो सुकै संघर्ष मा जान पनि तयार भएको अध्यक्ष ढकालको ठोकुवा छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ