नेकपा इटहरी नगर सेक्रेटरी विरता गिरफ्तार, डेढ बर्षिया छोरी अलपत्र

नेकपा इटहरी नगर सेक्रेटरी विरता गिरफ्तार, डेढ बर्षिया छोरी अलपत्र

  • सोमवार, बैशाख ३१, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

ईटहरी, ३१ वैशाख ।

नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल महिला संघ क्रान्तिकारी केन्द्रिय सदस्य विरता क्षेत्रीलाई प्रहरीले गिरफ्तार गरेको छ ।

नेकपा जिल्ला सदस्य तथा ईटहरी नगर सेक्रेटरी क्षेत्रीलाई आज मध्यान्ह १२ बजे घरबाटै गिरफ्तार गरेको हो ।

उनीसँगै पार्टी सदस्य समेत नरहेका श्रीमान नवराज ढकाललाई समेत प्रहरीले गिरफ्तार गरेको छ । उनीहरुसँगै रहेको डेढ बर्षकी छोरीलाई भने छाडेर बाबु आमालाई गिरफ्तार गरेको जनाईएको छ ।

यसैबीच नेकपामा आबद्ध भएकै आधारमा बिना कारण आफ्ना नेता कार्यकर्तामाथि धरपक गर्ने तथा गिरफ्तार गर्ने कर्य नरोकिएको भन्दै बिरोध गेको छ ।

सुनसरी जिल्ला सेक्रेटरी पवनले आज बिज्ञप्ती निकालेर आज ईटहरीबाट बिना कारण आफ्नै घरमा बसिरहेको अवस्थामा नावालक छोरीलाई द्दरमा एक्लै छाडेर बाबुआमालाई गिरफ्तार गरेको भन्दै बिरोध जनाउनु भएको छ ।
उहाँले नगर सेक्रेटरी विरता र पार्टीसँग आबद्ध नै नरहेका उनका श्रीमानलाई गिरफ्तार गरेको भन्दै तत्काल रिहा गर्न माग गर्नुभएको छ ।
प्रहरीले आतंक मच्चाउनेगरी घरमा खानतलासी गरेर पुस्तक र झण्डा पनि लगेको उहाँले बताउनु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ