नेकपाका कार्यकर्तालाई प्रहरीको कब्जाबाट स्थानीयले छुटाए

नेकपाका कार्यकर्तालाई प्रहरीको कब्जाबाट स्थानीयले छुटाए

  • सोमवार, बैशाख ३१, २०७५
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

काठमाडौं, ३१ बैशाख ।
नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले प्रहरीले गिरफ्तार गरेर लैजादै गरेका अवस्थामा स्थानीयले खोसेर लगेका छन् ।

नेपाल बन्दको क्रममा आइतबार पक्राउ परेका नेकपाका कार्यकर्तालाई लैजान लागेको प्रहरीको स्कर्टिङ टोलीमाथि स्थानीय जनताले हस्तक्षेप गरि नेकपाका कार्यकर्ता छुटाएर लगेका हुन् ।

नेपाल बन्दका क्रममा त्रिपुरासुन्दरी नगरपालिकाअन्तर्गत पर्ने त्रिपुराकोट बगरबजारबाट डोल्पा मुड्केचुला गाउँपालिका–९ घर भएका उक्त दलका जिल्ला सदस्य सागर शाहीलाई त्रिपुराकोट प्रहरीले पक्राउ गरेर राखेको थियो ।
आज बिहानै त्रिपुराकोट प्रहरी चौकीबाट स्कर्टिङ गरेर सदस्य शाहीलाई जिल्ला प्रहरी कार्यालय दुनैतर्फ लैजाँदै गर्दा ठूलीभेरी नगरपालिका–९ अन्तर्गत पर्ने भेत्तिडाँडोमा स्थानीयले प्रहरी हवल्दार धनसिं कठायत र प्रज जयलाल बस्नेतको टोलिमाथि हस्तक्षेप गरी छुटाएर लगेको प्रहरी नायब उपरीक्षक हरिप्रसाद शर्माले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ