आजदेखि देशभर लोडसेडिङ अन्त्य, प्राधिकरणले गर्याे यस्ताे घाेषणा

आजदेखि देशभर लोडसेडिङ अन्त्य, प्राधिकरणले गर्याे यस्ताे घाेषणा

  • सोमवार, बैशाख ३१, २०७५
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

काठमाडौं, बैशाख ३१ । आजदेखि देशभर लोडसेडिङ अन्त्य भएको नेपाल विद्युत प्राधीकरणले दाबी गरेको छ ।

औद्योगिक क्षेत्रमा गरिँदै आएको तीनघण्टे लोडसेडिङ आजबाट अन्त्य गरेसँगै अब मुलुक लोडसेडिङमुक्त भएको प्राधीकरणले घोषणा गरेको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले खोला र नदीमा पानीको वहाव बढेसँगै रन अफ रिभर आयोजनाको उत्पादन बढेको, अर्ध जलाशययुक्त आयोजनाको कुशलतापूर्वक संचालन, कुलेखानी जलाशययुक्त आयोजनाको उपयोग, संरचनागत सुधार र अपुग बिजुली भारतबाट आयात गरी लोडसेडिङ अन्त्य गरिएको जानकारी दिनुभयाे ।

अहिले हिउँदमा भन्दा १२ देखि १५ प्रतिशतसम्म बिजुली उत्पादन बढेको प्राधीकरणले जनाएको छ । चुहावट पनि ६ प्रतिशत घटाएकाले बिजुलीको माग धान्न सहज भएको जनाइएको छ ।

१५ वर्षपछि लोडसेडिङ सकिएको प्राधीकरणले जनाएको छ । सन् २००३ मा शुरु भएको लोडसेडिङ दैनिक १८ घण्टासम्म पुगेको थियो ।

प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएपछि कुलमान घिसिङको प्रयत्नमा २०७३ सालको तिहारको लक्ष्मीपूजाका दिनबाट काठमाडौं उपत्यकालगायत मुख्य शहरमा लोडसेडिङमुक्त भएको घोषणा गरिएको थियो ।

प्राधीकरणले विभिन्न कारणले केहीबेरका लागि बिजुली गए पनि त्यो लोडसेडिङ नभएको प्रष्ट्याएको छ । यस्तै विद्युत प्राधिकरणले विजुलीको माग धेरै हुने बिहान र बेलुकाको सयममा सकेसम्म कम बिजुली खपत गर्न अनुरोध पनि गरेको छ ।

उपभोक्ताको सहयोगमा मात्र लोडसेडिङ अन्त्य गर्न सकिने भएकाले प्राधीकरणको अभियानमा सघाउन कार्यकारी निर्देशक घिसिङले अपील पनि गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ