नमस्कार गर्दै एकाबिहानै चियापसलमा पुगेका प्रकाशमानकाे नयाँ अभियान !

नमस्कार गर्दै एकाबिहानै चियापसलमा पुगेका प्रकाशमानकाे नयाँ अभियान !

  • सोमवार, बैशाख ३१, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.7K
    SHARES

निर्वाचन क्षेत्र अन्तर्गत सार्वजनिक स्थान मा पुगेर स्थानीय शीत प्रतक्क्ष भेटघाट गर्ने क्रममा अाज सहकारी प्रशिक्षण केन्द्र अगाडि काे चाैताराे मा कांग्रेस नेता प्रकाश मान सिह स्थानीय बासिन्दा शीत काे छलफल मा गत शुक्रबार नयाँ बानेश्वर स्थित लछिमि दिदी काे चिया पसल मा यस्तै भेटघाट गर्नु भयकाे थियाे यसरि भेटघाट मा जादा स्थानीय बिकास निर्माण ढल , सडक , खानेपानी ,सडक बति का समस्या समाधान का बिषयमा अाफ्नु गुनासो राख्ने गरेकाछन भने पछिल्लो समय रास्टिय राजनीति मा कांग्रेस काे भुमिका प्रभाकारि हुन नसकेकाे पाटि भित्र काे बेमेल का कारण जन स्थरमा कांग्रेस कमजोर हुँदै अायकाे कार्यकता हरुकाे मुल्यांकन पद्ति नभयकाे जस्ता बिचार राख्ने गरेकाछन भने नेता सिहले अाफु ले बिकास निरमाण र स्थानि समस्या समाधान मा सक्दाे सहयाेग गर्न र पाटि कार्यकरता अाम नागरिक ले अपेक्षा गरे अनुरुपकाे कांग्रेस पाटि सुधार गर्न लागि परेकाे बताउनु भयकाेछ जन अावाज लाई बुझेर नै अाफु अगाडि बढ्न का लागि अब यसरी नै अनाैपचारि भेटघाट कालागि घर बस्तिहरुमा अाउने क्रम थाले काे बताउनु भयकाेछ ।
यसअघि गत शुक्रवार सिंह नयाँबानेश्वरको एक चिया पसलमा पुगे । नमस्कार गर्दै प्रकाशमान सिह लक्ष्मी दिदीको चिया पसलमा प्रवेश गर्दा चिया पिउँदै गफमा मस्त भएका कतिपय अचम्मित परेर हेरिरहे, कतिपयले नमस्कार फरकाए ।
बिहान करिब साढे सात बजे प्रकाशमान सिह पुग्दा पूर्वमन्त्रीहरु राजेन्द्र खरेल, होमनाथ दाहाललगायतले चिया पिइरहेका थिए ।
वरिष्ठ अधिवक्ता श्रीहरी अर्याल र पूर्वसचिव खेमराज रेग्मी पनि त्यही चिया पसलभित्र थिए । सुरुमा सन्चो बिसन्चो सोधेर औपचारिकता पूरा गरेपछि सुरु भयो राजनीतिक गफगाफ । प्रकाशमान सिंह कांग्रेसका पूर्वमहामन्त्री , सरकारमा उपप्रधानमन्त्री र संसदमा संसदीय दलको उपनेता बनी सकेकाले हाेला चिया पसलमा सहभागीहरुले प्रकाशमान सिह समक्ष वर्तमान राजनीतिक अवस्थामा कांग्रेसको भूमिकाको आलोचना मात्रै गरेनन् केही सुझावहरु पनि दिए ।
होमनाथ दाहालले भने, ‘आफूआफूमा लडेर कमजोर हुनुभयो तपाईंहरु, यस्तै अवस्था हो भने अहिले दोस्रो भएको कांग्रेस अर्को चुनावमा कहाँ पुग्ने हो थाहा छैन ।’ उनीहरुले प्रतिपक्षको जस्तो भूमिका खेल्न नसकेको भनेर आलोचना गरे । ‘न संसदीय दलको बैठक बस्छ, न समयमा उपयुक्त निर्णय लिन्छ, प्रतिपक्षमा भएको जस्तो पर्फमेन्स कांग्रेसको देखिएन,’ प्रकाशमानसँग कुराकानी गर्नेहरुको साझा भनाइ थियो, ‘सरकारले बाटो बिराउन खोजेमा प्रतिपक्षले सही बाटोमा ल्याउने भएकाले कांग्रेसको भूमिका सशक्त हुनुपर्छ ।’
प्रकाशमानले सिहले सही थप्दै कांग्रेसलाई सुधार गर्न आफू क्रियाशील रहेको बताए । उनले भने, ‘बीपी, गणेशमान, किसुनजीको पालाको जस्तै सशक्त कांग्रेस बनाउन हामी क्रियाशील छौं ।’ उनले भने, ‘म आफै कुनै विषयको विज्ञ होइन, त्यसैले तपाईंहरुको सुझाव लिएर अघि बढ्न आजबाट अभियान सुरु गरेको छु । मैले के गर्नुपर्छ, रचनात्मक सुझाव दिनुहोला र आलोचना पनि गर्नुहोला ।’ केही समय काे गफगाफ पछि प्रकाशमान सिह कालो चिया पियर त्यहाँबाट हिँडे ।
सार्वजनिक स्थलहरुमै पुगेर जनतासँग प्रत्यक्ष भेटवार्ता गर्ने अभियान सुरु गर्ने  सिंहकाे याेजना छ ‘सधैं औपचारिक कार्यक्रममा गएर हुँदैन । वौद्धिक वर्गलाई प्रत्यक्ष भेटेर सुझाव लिने र जनताको, र मतदातालाई पनि भेटेर उनीहरुका समस्या समाधान गर्न पहल गर्ने उद्देश्यले उहा काेछ प्रकाशमान सिह ले हप्ताको दुई दिन सोमबार र शुक्रबार यसैगरी सार्वजनिक स्थलमै पुगेर भेटवार्ता गर्ने कार्यक्रमतालिका बनाएका छन् । उनले निर्वाचनको बेलामा जस्तै बिजुलीबजारस्थित सम्पर्क कार्यालयमा पुगेर कार्यकर्ताहरुसँग पनि प्रत्यक्ष भेटघाट गरदै अाउनु भयकाेछ प्रकाशमान सिह ले लक्ष्मी दिदीको चियापसलमा करिब आधा घण्टा बिताएका थिए । उनले स्थानीयको विवादका कारण एभरेष्ट होटल पछाडिको आधा पिच भएको र आधा नभएको बाटोको अवलोकन पनि गरेका थिए ।
निर्वाचन क्षेत्र अन्तर्गत सार्वजनिक स्थान मा पुगेर स्थानीय शीत प्रतक्क्ष भेटघाट गर्ने क्रममा सहकारी प्रशिक्षण केन्द्र अगाडि काे चाैताराे मा कांग्रेस नेता प्रकाश मान सिह स्थानीय बासिन्दा शीत काे छलफल मा गत शुक्रबार नयाँ बानेश्वर स्थित लछिमि दिदी काे चिया पसल मा यस्तै भेटघाट गर्नु भयकाे थियाे ।
यसरि भेटघाट मा जादा स्थानीय बिकास निर्माण ढल , सडक , खानेपानी ,सडक बति का समस्या समाधान का बिषयमा अाफ्नु गुनासो राख्ने गरेकाछन भने पछिल्लो समय रास्टिय राजनीति मा कांग्रेस काे भुमिका प्रभाकारि हुन नसकेकाे पाटि भित्र काे बेमेल का कारण जन स्थरमा कांग्रेस कमजोर हुँदै अायकाे कार्यकता हरुकाे मुल्यांकन पद्ति नभयकाे जस्ता बिचार राख्ने गरेकाछन ।
भने नेता सिहले अाफु ले बिकास निरमाण र स्थानि समस्या समाधान मा सक्दाे सहयाेग गर्न र पाटि कार्यकरता अाम नागरिक ले अपेक्षा गरे अनुरुपकाे कांग्रेस पाटि सुधार गर्न लागि परेकाे बताउनु भयकाेछ जन अावाज लाई बुझेर नै अाफु अगाडि बढ्न का लागि अब यसरी नै अनाैपचारि भेटघाट कालागि घर बस्तिहरुमा अाउने क्रम थाले काे बताउनु भयकाेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ