प्रभु बैंकका एकैदिन चार ओटा नयाँ शाखा कार्यालय संचालन

प्रभु बैंकका एकैदिन चार ओटा नयाँ शाखा कार्यालय संचालन

  • आइतवार, बैशाख ३०, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

३० बैशाख,काठमाडौँ । प्रभु बैंक लिमिटेडले एकैदिन चार ओटा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ ।

बैंकको स्थानीय तहमा सेवा विस्तार गर्ने अभियान अन्तरगत एकैदिन चार स्थानमा नयाँ शाखा संचालन भएर सेवा सुरु गरिएको छ ।

बाग्लुङको निसीखोलागाउँपालिका– ४ बाग्लुङ, तमानखोला गाउँपालिका–१, दैलेखको भगवतीमाई गाउँपालिकावडा–२ र दैलेखकै गुराँस गाउँपालिका वडा–४ मा नयाँ शाखा संचालनमा ल्याएको बैंकले जानकारी दिएको छ । निसीखोला, तमानखोला, भगवतीमाई र गुराँस शाखाको समुद्घाटन सम्वन्धित गाउँपालिकाका अध्यक्षहरु क्रमशः तारानाथ पौडेल, जोकलाल बुढा, दानबहादुर थापा र खेमराज ओलीले गरेका थिए ।

शाखा कार्यालय उद्घाटनमा जिल्लाका विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न रानीतिक दलका प्रतिनिधीहरु, उद्योग वाणिज्य संंघका पदाधिकारी, विभिन्न संघ संस्थाका प्रतिनिधि, स्थानीय व्यापारी, बुद्धिजिवीलगायत सर्वसाधारणको उपस्थिति थियो ।

आइतबारदेखि सञ्चालनमा आएका शाखाबाट स्थानीय सेवा ग्राही, सर्वसाधारण, उद्यमी, व्यवसायी तथा संघ–संस्थाहरुले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र चारवटै स्थानीय तहको समग्र आर्थिक विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ