सगरमाथाको चुचुरोमा डोरी टाँग्ने कार्य सम्पन्न, खुल्यो यस वर्षको सगरमाथा आरोहणको बाटो

सगरमाथाको चुचुरोमा डोरी टाँग्ने कार्य सम्पन्न, खुल्यो यस वर्षको सगरमाथा आरोहणको बाटो

  • आइतवार, बैशाख ३०, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

ओखलढुंगा, वैशाख ३० ।

सगरमाथा चुचुरो सम्म रोप फिक्सिङको कार्य सकिएसँगै यस वर्षको सगरमाथा आरोहणको लागि बाटो खुलेको छ ।

विभिन्न आरोहण कम्पनीमा आबद्ध आठ जना क्लाईम्बिङ शेर्पाहरुले आज डोरी टाँग्ने कार्य सम्पन्न गरेका छन् ।

सन् २०१८ को पहिलो आरोही दल बन्न सफल आठ जनाले आज अपरान्ह ३ बजेर ३० मिनेटमा सगरमाथाको चुचुरोमा पाइला टेकेका हुन् ।

डोरी टाँग्दै चुचुरामा पाईला टेक्नेहरुमा पासाङ तेन्जिङ शेर्पा, पासदावा शेर्पा, लाक्पादेन्डी शेर्पा, जेन्जेन लामा, सिद्धिबहादुर तामाङ, पेम्बाछिरि शेर्पा, तेन्जिङग्याल्जेन शेर्पा र दाटुक भोटे रहेका छन् ।

उनीहरुले चुचुरो सम्म पुगेर डोरी टाँग्ने काम सम्पन्न गरेको पर्यटन मन्त्रालयका प्रतिनिधि तथा आधार शिविरमा रहेका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले पुष्टि गर्नुभयो ।

अन्य आरोहीहरु समेत आरोहणको लागि तयारी अवस्थामा रहेको आरोहण दल सहित आधार शिविर पुगेका पिक प्रमोशन प्रालिका निर्देशक आङबाबु शेर्पाले बताउनुभयो ।

अन्य केही आरोहीले आइतबार राती सम्ममा आरोहण गर्न सक्ने अनुमान गरिएको छ । सगरमाथा आरोहणका लागि ३८ समूहको ३ सय ६४ आरोही छन् ।
अनुमति लिएका ३८ समूह मध्ये ४ समूह नेपाली आरोहीको छ । चार समूहमा जम्मा २० नेपाली आरोही छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ