ओली सरकारले देखायो ज्ञानेन्द्रकालिन शैली, हतियारसहित रेडियोमा पसेर अन्तवार्ता दिदैँगरेका नेतालाई पक्राउ

ओली सरकारले देखायो ज्ञानेन्द्रकालिन शैली, हतियारसहित रेडियोमा पसेर अन्तवार्ता दिदैँगरेका नेतालाई पक्राउ

  • आइतवार, बैशाख ३०, २०७५
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

कैलाली, ३० वैशाख ।

नेपाल कम्युनिस्ट पार्टीका नेता दिलबहादुर साउदलाई प्रहरीले कैलालीको लम्कीबाट गिरफ्तार गरेको छ ।

लम्कीस्थित ‘रेडियो पश्चिम आवाज’मा अन्तरवार्ता दिँदै गर्दा साउदलाई गिरफ्तार गरिएको हो ।

नेकपाका कैलालीका सचिवालय सदस्य समेत रहेका नेता साउदलाई आज बेलुका अन्तरवार्ता दिँदादिँदै स्टुडियोभित्रै हतियारसहित प्रवेश गरेको प्रहरी टोलीले गिरफ्तार गरेको छ ।
ज्ञानेन्द्रकालिन समयमाझैं प्रहरी हतियारसहित संचारगृहभित्र प्रवेश गरेको भन्दै कैलालीको संचारकर्मी तथा मानवअधिकारकर्मीले विरोध जनाएका छन् । उनीहरुले प्रहरीको उक्त कार्य निन्दनीय भएको बताए ।

त्यसैगरी अछामबाट दुई जनालाई प्रहरीले गिरफ्तार गरेको छ । नेकपाका स्थानीय कार्यकर्ता लोकेन्द्र रावल र कर्मचारी टेकबहादुर शाहीलाई प्रहरीले आइतबार गिरफ्तार गरेको हो । उनीहरुलाई बाटोमा हिडिरहेको अवस्थामा गिरफ्तार गरेको नेकपाल अछामले जनाएको छ ।

तीनै जनाको गिरफ्तारप्रति नेकपा सेती ब्यूरोले आपत्ति जनाउँदै रिहाईको माग गरेको छ । ब्यूरो इन्चार्ज सिकन्दरले बाटोमा हिडिरहेको अवस्थामा र संचार गृहमा भित्रै प्रवेश गरी गिरफ्तार गरेर सरकारले ज्ञानेन्द्रकालिन समयको झल्को दिएको भन्दै आपत्ति जनाएका छन् ।

यस्तै झापाको मेचीनगर–८ निवासी २६ वर्षीया स्मृति रिजाललाई प्रहरीले गिरफ्तार गरेको छ ।

मेचीनगरस्थित सूर्योदय यातायात प्रालिको बस ग्यारेजमा आज बिहान बम विस्फोट गराएको आरोपमा रिजाललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक विष्णु केसीले जानकारी दिनुभयो ।तर रिजाल नेकपाको कार्यकर्ता समेत नरहेको उक्त पार्टीले प्रष्ठ पारेको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी