ताप्लेजुङ, ३० वैशाख । नेपाल कम्युनिस्ट पार्टीले आइतबार आव्हान गरेको नेपाल बन्दका कारण ताप्लेजुङको फुङ्लिङ बजार पुर्ण प्रभावित भएको छ । बन्दको कारण फुङ्लिङबाट चल्ने लामो तथा छोटो दुरीका सार्वजनिक सवारीसाधानहरु कुनै चलेनन । जिल्लाका सामुदायिक र निजि शैक्षिक संस्था बन्द भए ।
बजार पुर्ण रुपमा ठप्प भयो, सवारीसाधन चल्ने सडक बालबालिकाको खेलमैदान भयो ।
बन्दकर्ता बजारमा नदेखिए पनि बजारका पसलहरु पुर्ण रुपमा बन्द भए । सरकरी कार्यालयहरु र केही वित्तीय संस्था भने खुल्ला थिए । नेकापाले ९ दिनको अन्तरालमा आइतबार दोश्रो पटक नेपाल बन्दको आव्हान गरेको हो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदिको नेपाल भ्रमणको क्रममा नेपालका प्रधानमन्त्री केपी ओलि संग अरुण ३ को संयुक्त शिलान्यास गरेका थिए ।
जसबखत कथित नागरिक अभिनन्दन र मोदिको भ्रमण सुरक्षाको नाममा भारतीय सेनाको नेपाल प्रवेशप्रती आपत्ती जनाउदै विभिन्न समयमा बिनाकारण प्रहरीले अपहरण शैलीमा गिरफ्तार गरेको नेकपाका कार्यकर्ताहरुलाई बिनाशर्त रिहाईको लागि आइतबार एक दिन नेपाल बन्द गरेको हो ।
