वैशाख ३०, काठमाडौँ ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो २ दिने नेपाल भ्रमण सकेर स्वदेश फर्किएपनि उहाँकै सुरक्षाका लागि भनेर आएको भारतीय वायु सेनाको हेलिकप्टर अझै फर्किएको छैन ।
आज विहान जोमसोम विमानस्थलमा भारतीय वायु सेनाका २ वटा हेलिकप्टर अवतरण गरेका छन् ।
मोदीको मुक्तिनाथ भ्रमणका क्रममा मुस्ताङ आएका भारतका विशिष्ट व्यक्तिलाई लिन आज बिहान भारतीय वायु सेनाको हेलिकप्टर जोमसोम विमानस्थलमा अवतरण गरेको थियो ।
मोदीसँगै जोमसोम पुगेका भारतीय सेना तथा केहि उच्च अधिकारी मोदी स्वदेश फर्कदासम्म उतै बसेका थिए । उनीहरु किन जोमसोममै बसे भन्नेबारे केहि बताईएको छैन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline