एनसेल टावरमाथि आगजनी तथा बम प्रहार

एनसेल टावरमाथि आगजनी तथा बम प्रहार

  • आइतवार, बैशाख ३०, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

३० बैशाख,नेपालगंज ।

बाँकेका विभिन्न २ स्थानमा रहेका एनसेल टावरमाथि आगजनी तथा बम प्रहार गरेको छ ।
खजुरा गाउँपालिका ८ रनियापुर र बैजनाथ गाउँपालिका ६ जि गाउँमा रहेको एलसेलको टावरमा अज्ञात समुहले बम विस्फोट गर्नुको साथै आगजनी गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी टेक बहादुर तामाङका अनुसार आगजनीबाट दुवै टावरमा राखिएका जेनेरेटरमा आंशिक क्षति पुगेको छ ।

रनियापुरको टावरमा राती साढे १० बजेतिर अज्ञात समुहले आगजनी गरेको थियो भने जि गाउँको टावरमा पौने १२ बजेतिर आगजनी गरिएको प्रहरीले जनाएको छ ।

अज्ञात समुहले आगजनी गरे पनि समयमै पुगेको प्रहरीले आगो नियन्त्रणमा लिएको थियो । टावरका महत्वपूर्ण उपकरणहरुमा क्षति नपुगेको प्रहरीले जनाएको छ ।

कर छलि गरेको भन्दै विरोध गर्दै आएको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताहरुले आक्रमण गरेको हुन सक्ने प्रहरीले आशंका गरेको छ । टवारमा क्षतिका कारण केही समय सो क्षेत्रमा सेवा अवरुद्ध भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ