कापिलबस्तुको धान खोलामा प्रहरीले गाेली चलायाे

कापिलबस्तुको धान खोलामा प्रहरीले गाेली चलायाे

  • आइतवार, बैशाख ३०, २०७५
  • मिर्मिरे अनलाइन

  • 10.9K
    SHARES

ओमप्रकाश गुप्ता /भालुवाङ ३० वैशाख ।

नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको एक दिने नेपाल बन्द अवज्ञा गरेको भन्दै बन्दकर्ताहरुले ठाउँठाउँमा सवारी साधनमाथि आगजनीका साथै तोडफोड गरेका छन् ।

बन्द शान्तिपूर्ण भइरहेको बेला प्रहरीले कापिलबस्तुको धान खोलामा गोली चलाएको छ । बन्दकर्ताले बन्द अवज्ञा नगर्न सार्वजकि अपिल गरिरहेका बेला देउखुरीको धानखोलामा ४ राउण्ड गोली चलेको खवर प्राप्त भएको छ । आइतवार विहान करिव ८ बजे तिर धानखोलामा विना कारण प्रहरीले हवाई फायर गरेपछि स्थानीयहरु क्रसित बनेका छन् ।

प्रहरीले अन्दाधुन्दा हवाई फायर गरेको स्थानीयले बताएका छन् । अहिले सो क्षेत्र शान्त रहेको छ । सवारी साधान नचलेको तर प्रहरीले जबरजस्त चलाउन दवाव दिइरहेको बताइएको छ ।

यस बारे इलाका प्रहरी कार्यालय गढवामा बुझदा गोली नचेको बताएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा भएका सन्धि र सम्झौंता राष्ट्रियताको बर्खिलाप भएको जिकिर सहित नेपाल कम्युनिष्ट पार्टीले शनिवार आह्वान गरेको नेपाल बन्दको प्रभाव देउखुरीमा बिहानै देखि परेको छ ।(फाइल फोटो)

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ