भारतीय सुरक्षाकर्मीले परराष्ट्रले दिएको प्रेस पास मान्यता नदिएपछि नेपाली पत्रकारहरुद्वारा मोदीको कार्यक्रम वहिस्कार

भारतीय सुरक्षाकर्मीले परराष्ट्रले दिएको प्रेस पास मान्यता नदिएपछि नेपाली पत्रकारहरुद्वारा मोदीको कार्यक्रम वहिस्कार

  • शनिबार, बैशाख २९, २०७५
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

काठमाण्डौ, २९ वैशाख ।

काठमाडौं महानगरपालिकाले राष्ट्रिय सभागृहमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अभिनन्दन गर्ने कार्यक्रममा परराष्ट्र मन्त्रालयले जारी गरेको प्रेस पास नै भारतीय सुरक्षा अधिकारीहरुले अमान्य हुने भन्दै प्रवेशमा रोक लगाएपछि सबै सन्चारकर्मीले उक्त कार्यक्रम नै बहिस्कार गरेका छन् ।

परराष्ट्र मन्त्रालयले मोदी जाने स्थलको प्रेस पास वितरण गरेको थियो तर भारतीय सुरक्षा अधिकारीले रोकेपछि नेपाली सञ्चारकर्मीहरुले मोदीको कार्यक्रम नै बहिष्कार गरेका छन् ।

उक्त पासलाई मान्यता नदिई भारतीय सुरक्षा अधिकारीले नेपाली एवं अन्य अन्तर्राष्ट्रिय सञ्चार माध्यमका प्रतिनिधिलाई राष्ट्रिय सभागृह प्रवेशमा रोकटोक गर्न थालेपछि सञ्चारकर्मीहरु आक्रोशित भएर विरोधमा उत्रिएका हुन् । प्रवेशमा भेदभाव गरेको विरोधमा मोदी आउने सडकमा सञ्चारकर्मीहरुले क्यामेरा “डाउन” गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ