नेकपा र १४ भातृ संगठनद्धारा राष्ट्रघाती सम्झौताविरुद्ध प्रदर्शन, मोदीको अभिनन्दनमा आएका पनि प्रदर्शनमा!

नेकपा र १४ भातृ संगठनद्धारा राष्ट्रघाती सम्झौताविरुद्ध प्रदर्शन, मोदीको अभिनन्दनमा आएका पनि प्रदर्शनमा!

  • शनिबार, बैशाख २९, २०७५
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

काठमाडौँ, २९ बैशाख ।

नेपाल कम्युनिस्ट पार्टीले आज अरुण तेस्रोलगायतका राष्ट्रघाती सन्धि सम्झौता खारेजीको माग गर्दै काठमाण्डौमा प्रदर्शन गरेको छ ।

नेपाल भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी ओलीले संयुक्त रुपमा अरुण तेस्रो जलविद्युत परियोजनाको शिलान्यास गरेपछि त्यसको बिरोध गर्दै आज नेकपाले बिरोध प्रदर्शन गरेको हो ।

नेपाल कम्युनिस्ट पार्टी र सो निकट १४ संगठनले संयुक्त रुपमा काठमाडौँको सुन्धारामा बिरोध प्रदर्शन गरेका हुन् ।

नेकपाका पोलिटब्युरो सदस्य उमा भुजेलको नेतृत्वमा सुन्धारादेखि सुरु भएको बिरोध र्याली नाराजुलुश सहित न्युरोड पिपलबोटसम्म पुगेर कोणसभामा परिणत भएके थियो ।

नेकपा निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी), अखिल नेपाल किसान संगठन (क्रान्तिकारी), अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघ, अनेरास्ववियु (क्रान्तिकारी) र संयुक्त उद्योग वाणिज्य महासंघ नेपालले संयुत्त रुपमा र्याली निकालेका हुन् ।
साथै नेपाल राष्ट्रिय बुद्धिजीवि संगठन, अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघ, नेपाल राष्ट्रिय प्राध्यापक संगठन, अखिल नेपाल शिक्षक संगठन, नेपाल उड्ययन तथा पर्यटन व्यवसायी संगठन, नेपाल निर्माण व्यवसायी संगठन, दलित मुक्ति मोर्चा, नेपाल र नेपाल राष्ट्रिय इन्जिनियर्स संगठनको पनि र्यालीमा सहभागीता थियो ।

बिरोध र्यालीमा सहभागीहरुले अरुण तेस्रो लगायतका सम्पुर्ण असमान सन्धि सम्झौता खारेज गर्न माग र्दै नारा लगाएका थिए ।

मोदी र ओलीबीच भएको अरुण तेस्रो लगायतका सम्झौताबिरुद्ध नेकपाले भोली नेपाल बन्दको आह्वान समेत गरेको छ ।

नेकपाले उता बिरोध प्रदर्शन गरिरहदा काठमाणै महानगरपालिकाको नेतृत्वमा यता राष्ट्रिय सभागृहमा भने मोदीको नागरिक अभिनन्दा को तयारी भईरहेको थियो ।उक्त नागरिक अभिनन्दनमा सहभागी हुन आएकाहरु पनि नेकपाको प्रदर्शनमा सहभागी भएको बताईएको छ ।

यसअघि हिजो भारतीय प्रधानमन्त्री नेपाल भ्रमणमा आएकै दिन नेपाल कम्युनिस्ट पार्टीले उपत्यकामा व्यापक पर्चा वितरण गरेको थियो ।

राजधानीको अति व्यस्त चोक कलंकी, बाजालु, चाबहिल, नयाँ बानेश्वर, कोटेश्वर, बागबजार, रत्नपार्क लगायतका विभिन्न स्थानमा दशौं हजार पर्चा वितरण गरिएको नेकपा जनाएको छ । यस्तै उपत्यकाका थुप्रै कलेजहरुमा समेत पर्चा वितरण गरिएको छ ।

जनताको नाममा सम्बोधन गरिएको उक्त पर्चामा नेपाली सेना र यहाँको सुरक्षा निकायमाथि हस्तक्षेप गर्दै भारतीय सेनालाई परेड खेलाउदा नेपालको सार्वभौम सत्तामाथि ठाडो हस्तक्षेप बारे उल्लेख छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ