भष्ट्राचारको आरोप खेपिरहेका मलेसियाका पूर्वप्रधानमन्त्री रजाकलाई देशबाहिर जान प्रतिबन्ध

भष्ट्राचारको आरोप खेपिरहेका मलेसियाका पूर्वप्रधानमन्त्री रजाकलाई देशबाहिर जान प्रतिबन्ध

  • शनिबार, बैशाख २९, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.5K
    SHARES

एजेन्सी, वैशाख २९ ।

सरकारी कोषको रकम दुरुपयोग गरेको आरोप लागेका मलेसियाका पूर्वप्रधानमन्त्री नाजीव रजाकलाई सरकारले देशबाहिर जान प्रतिबन्ध लगाएको छ ।

भष्ट्राचारको आरोप खेपिरहेकै अवस्थामा रजाक पारिवारिक भ्रमणमा देशबाहिर जाने योजनामा रहेका बेला सरकारले देश बाहिर जान प्रतिबन्ध लगाएको त्यहाँको अध्यागमन विभागका अधिकारीलाई उदृत गर्दै बीबीसीले उल्लेख गरेको छ ।

आर्थिक समृद्धिका लागि क्वालालम्पुरलाई फाईनान्सियल हव बनाउने योजनाअनुरुप सरकारी कोषमा जम्मा भएको ७० करोड डलर रकम हिनामिना गरेको आरोप रजाकमाथि छ । रजाकले भने आरोपको खण्डन गर्दै आउनुभएको छ ।
लामो समयदेखि सत्तामा रहँदै आएको रजाक नेतृत्वको पार्टीले यही साता सम्पन्न निर्वाचनमा अप्रत्याशित हार बेहोरेको थियो । निर्वाचनमा ९२ बर्षीय महाथीर मोहमद विजयी हुनुभएको थियो ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ