काठमाडौ २९ वैशाख ।
नेपाल भ्रमणमा रहनु भएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौको पशुपति र मुक्तिनाथ मन्दिरमा पुगेर पूजा तथा दर्शन गर्नुभएको छ ।
मुक्तिनाथ मन्दिरको दर्शन गरेर फकिएपछि सिधै मोदीले पशुपतिनाथ मन्दिर पुगि विशेष पूजा एवं दर्शन गर्नुभएको हो । यसअघि मोदीले २०७१ सालमा पशुपतिनाथ मन्दिरमा रुद्राभिषेकसहित विशेष पूजा गरेका गर्नुभएको थियो ।
त्यसबेला पशुपनिनाथको जीर्णोदारका लागि २५ र सरसफाइका लागि थप ५ करोड भारु दिने घोषणा मोदीले गरेपनि सो रकम भने नेपालले अझै पाएको छैन । यसअघि मोदीले आज बिहान मुक्तिनाथ मन्दिरमा विषेश पूजा गर्नुभएको थियो ।
बिहान करिब साढे ६ बजे हेलिकोप्टरमार्फत् मुक्तिनाथ पुग्नु भएका मोदीले मन्दिरमा करिब २० मिनेट पूजा गर्नुभएको हो । मुक्तिनाथमा मोदीलाई संस्कृति तथा पर्यटन मन्त्री रवीन्द्र अधिकारी, प्रदेश ४ का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ, र स्थानीय जनप्रतिनिधिले स्वागत गरेका थिए ।
मन्दिरमा पूजा गरेपछि बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिकाका तर्फबाट मोदीलाई कालीगण्डकी नदीको शालिग्राम उपहार प्रदान गरिएको छ । करिब एक घण्टा मुक्तिनाथमा बिताएपछि मोदी त्यहाँबाट जोमसोम हुँदै काठमाडौ फर्किनु भएको प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले जानकारी दिनुभयो ।