काठमाण्डौका मेयर शाक्यले मोदीलाई महानगरको साँचो बुझाउदै

काठमाण्डौका मेयर शाक्यले मोदीलाई महानगरको साँचो बुझाउदै

  • शनिबार, बैशाख २९, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

काठमाडौ २९ वैशाख ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई काठमाडौंमा आज नागरिक अभिनन्दन गर्ने तयारी भएको छ ।

काठमाडौ महानगरपालिकाका तर्फबाट अपरान्न ३ बजे राजधानीको सभागृहमा हुने अभिनन्दनका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

मोदी पौने ३ बजे सभागृहमा पुग्ने भएपनि महनगरपािलकाले अन्य अतिथिलाई दुई बजेभित्रै हलमा राखि सक्ने समयतालिका मिलाएको छ ।

नागरिक अभिनन्दन कार्यक्रममा प्रदेश ३ का मुख्यमन्त्री, सांसद्, महानगरपालिका जनप्रतिनिधि, उच्च पदका कर्मचारी र कूटनीतिक नियोगका प्रमुखको सहभागिता हुनेछ ।

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नागरिक अभिनन्दन र महानगरका तर्फबाट कलात्मक साँचो हस्तान्तरणसँगै उपहार दिने तयारी छ ।

साँचो हस्तान्तरणको अर्थ ‘विशिष्ट अतिथिका लागि महानगर खुला छ’ भन्ने रहेको महानगरपालिकाले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ