मोदीको विरोध गर्दा रवीन्द्र मिश्र नै प्रहरी फन्दामा ? कार्यालयमा प्रहरीकाे छापा

मोदीको विरोध गर्दा रवीन्द्र मिश्र नै प्रहरी फन्दामा ? कार्यालयमा प्रहरीकाे छापा

  • शुक्रबार, बैशाख २८, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

काठमाडौं।

रवीन्द्र मिश्रको पार्टी विवेकशील साझाको कार्यालयमा प्रहरीले छापा मारेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई कष्टकर नाकाबन्दी सम्झाउँदै विरोध गर्दा कार्यालयमा प्रहरीले छापा मारेको छ ।

मोदी जनकपुरबाट काठमाडौं आउनैलाग्दा विरोध झल्किने व्यानर कार्यालयमा राखिएपछि प्रहरीले गृह मन्त्रालयको निर्देशनमा एक्सन लिएको हो।

नाकाबन्दी अपराध हो मिस्टर मोदी भन्ने नाराका साथ सामाजिक संजालमा भारतीय प्रमले माफी माग्नु पर्ने आवाज उठिरहेक बेला विवेकशील साझा पार्टीले बखुन्डोल स्थित आफ्नो कार्यालयमा  ‘मोदी जी स्वागत छ तर नाकाबन्दी बिर्सेका छैनौ’ भन्ने वाक्य लेखेर राखेको ब्यानर प्रहरीले च्यातेर निकालेको छ।

ब्यानरमा दुर्इ बर्षअघिको भारतीय नाकाबन्दीको बिरोध जनाइएको छ। उक्त व्यानर प्रहरीले जबर्जस्ती निकालेर लगेको बिवेकशील साझा पार्टीले जनाएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ