अनसन बसेका विद्यार्थी नेताहरु गिरफ्तार

अनसन बसेका विद्यार्थी नेताहरु गिरफ्तार

  • शुक्रबार, बैशाख २८, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

काठमाडौं । रिले अनसन बसेका क्रान्तिकारी माओवादी निकट विद्यार्थी नेताहरु गिरफ्तारमा परेका छन् । असमान सन्धि सम्झौताहरुको खारेजी, ओली–मोदी गठबन्धन, मोदी भ्रमण र ओलीको लम्पसारवादका विरुद्ध रिले अनसन बसेका नेकपा (क्रान्तिकारी माओवादी) निकट विद्यार्थीसंगठन अखिल (क्रान्तिकारी)का नेताहरु गिरफ्तारमा परेका हुन् ।

अखिल(क्रान्तिकारी)का नेताहरु त्रिभुवन बिश्वविद्यालय केन्द्रीय क्याम्पस रिले अनसनमा बसेका थिए । अनसनमा बसेका विध्यार्थी नेताहरु अखिल (क्रान्तिकारी)का केन्द्रीय सचिवालय सदस्य तथा काठमाडौं जिल्ला संयोजक महेश श्रेष्ठ, केन्द्रीय सदस्यहरु जितेन्द्र लम्साल, संघर्ष दाहाल, मनोविज्ञान शर्मा, त्रि.वि. क्याम्पस अध्यक्ष हेमराज शर्मा, सुरज आचार्य, विनोद के.सी. र सुजन सापकोटा लगायतका विध्यार्थी नेताहरुलाई प्रहरीले गिरफ्तार गरेको हो । गिरफ्तार गरिएका नेताहरुलाई कीर्तिपुर प्रहरी चौकीमा राखिएको छ ।

विध्यार्थी नेताहरुले ‘नाकाबन्दी गर्ने नाइकेलाई नागरिक अभिनन्दन गर्न पाइदैन, नाकाबन्दी गर्नु अपराध हो, मोदीले माफी माग्र्नुपर्छ’लगायत असमान सन्धिसम्झौताहरु खारेजीको माग राखेर विध्यार्थी नेताहरुले ३६ घण्टे रिलेअनसन सुरु गरेका थिए । विध्यार्थी नेताहरुको गिरफ्तारीको चौतर्फी विरोध भइरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ