प्रधानमन्त्रीद्धारा मन्त्रीमण्डल बिस्तार

प्रधानमन्त्रीद्धारा मन्त्रीमण्डल बिस्तार

  • शुक्रबार, बैशाख २८, २०७५
  • मिर्मिरे अनलाइन

  • 10.5K
    SHARES

क्वालालम्पुर, २८ वैशाख ।
मलेसियाका नवनियुक्त प्रधानमन्त्री माहाथिर मोहमदले आज दश जना नयाँ मन्त्री थप्नुभएको छ ।
उहाँले विपक्षी गठबन्धनको समर्थनमा हिजो प्रधानमन्त्रीको सपथ लिनुभएको थियो । उहाँले पहिलो पटक तत्काल नियुक्ति गनुपर्ने मन्त्रीहरुको नामावली तयार गरी आज मन्त्रिमण्डलमा विस्तार गर्नुभएको हो ।
आज पत्रकार सम्मेलनको आयोजना गरी प्रधानमन्त्री माहाथिरले अर्थ, गृह, शिक्षा, बहुसञ्चार, बिज्ञान र सार्वजनिक सडक मन्त्री नियुक्त गरिएको जानकारी गराउनु भयो ।
आफूले ठूलो संख्याको मन्त्रिमण्डल नचाहेको तर केही मन्त्रीहरुको भने तत्काल आवश्यकता भएकोले तत्कालै विस्तार गरिएको प्रधानमन्त्री माहाथिरले बताउनु भएको छ ।
यस अघिका प्रधानमन्त्री नजिक रजाकको सरकारमा धेरै मन्त्रीहरु रहेका तथा भ्रष्टाचार बढेको भन्दै निकै आलोचना भएको थियो ।
आफूले चुस्त सरकार निर्माण गर्ने र पारदर्शिता र सुशासन कायम गर्ने जानकारी प्रधानमन्त्री महाथिरले सो पत्रकार सम्मेलनमा जानकारी दिनुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ