२८ वैशाख, जनकपुरधाम ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरमा पाएको स्वागतका लागि आभार प्रकट गर्दै नेपाली समकक्षी केपी शर्मा ओलीलाई ‘मेरे भाइसाब’ भन्दै खुसी व्यक्त गरेका छन् ।
ओलीलाई ‘मेरे भाइसाब’ भन्दै आफ्नो स्वागतका लागि जनकपुर आएकोमा खुसी व्यक्त गरेका हुन् ।सम्बोधनका क्रममा राजा जनक र ‘जानकी माता’को दर्शनको प्रबन्ध मिलाएकोमा पनि प्रधानमन्त्री ओलीलाई धन्यवाद दिए।
‘एकादशीको यो अवसरमा माता जानकीको दर्शन गर्न पाँउदा म अत्यन्त खुसी छु। भारतीय प्रधानमन्त्रीको हैसियतले पहिलो पटक माता जानकीको दर्शन गर्न पाउँदा खुसी छु,’ मोदीले अगाडि भने, ‘यसको राम्रो प्रबन्ध मिलाइदिनु भएकोमा ‘मेरा भाइसाब’ प्रधानमन्त्री ‘कोली’ (ओली)जी, केन्द्र सरकार, राज्य सरकार, नगर सरकार र सबै उपस्थित जनतालाई धन्यवाद दिन चाहन्छु।’
मोदीलाई जनकपुरमा प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गरेका थिए । लगतै उनले जानकी मन्दिरमा पूजाअर्चना गरे ।उनले जनकपुरमा आफूले पाएको सम्मान सिंगो भारतबासीका लागि भएको बताए ।
प्रधानमन्त्री ओलीले पनि मोदीसँग सिंगो प्रतिनिधिमण्डललाई स्वागत गर्दै अहिले पनि अयोध्याबाट रामको जन्ती आउने र जानकीलाई विदाइ गर्ने प्रचलन अझै रहेको र आज त्यस परम्पराको सिलसिलालाई माथि उठाउन मोदीजी आउनु भएको बताए । यसले हामी दुई देशका बीचको परम्परागत मैत्री सम्वन्ध, सास्कृतिक सम्वन्धलाई प्रतिविम्वित गर्छ ओलीले भने।’