मोदी नपुग्दै जनकपुरमा झडप, प्रहरीद्धारा लाठी चार्ज

मोदी नपुग्दै जनकपुरमा झडप, प्रहरीद्धारा लाठी चार्ज

  • शुक्रबार, बैशाख २८, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

२८ वैशाख,जनकपुर । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी केही बेरमा जनकपुर पुग्दैछन् । पटनाबाट भारतीय सेनाको विशेष हेलिकोप्टरबाट उडिसकेका छन् ।

मोदीलाई हेर्न भन्दै विहानैबाट घुइँचो लागेको छ । अभिनन्दन गर्ने भनिएको स्थानमा सर्वसधारणको घइँचो लागेको छ । रंगभूमि मैदान प्रवेश गर्ने बाटो साँघुरो भएकै कारण ठेलमठेल भएको छ ।

केही व्यक्तिहरुले ठेलठाले गर्न थालेपछि प्रहरीले लाठी चार्ज गरेको छ । केही युवाहरुले प्रहरीको लाठी समेत खोस्ने कोशिष गरेपछि प्रहरीसँग सामान्य झडप भएको बताइएको छ ।

मोदीको भ्रमणका कारण विषेशगरि काठमाडौं र जनकपुरमा यातायात प्रभावित हुने भएको छ । जनकपुरको चक्रपथ भित्र गाडीलाई निषेध गरिएको छ । यस्तै, हेलमेट लगाएर मोटरसाइकल चलाउन पनि रोक लगाइएको ट्राफिक प्रहरीले जनाएको छ । जनकपुर विमानस्थलदेखि मुरलीचोक, रामानन्द चोक र जानकी मन्दिरसम्म गाडी मात्र होइन नागरिकलाई पैदल हिडडुल गर्न समेत दिइएको छैन ।

यस्तै मोदीको काठमाडौ भ्रमणका क्रममा शुक्रबार र शनिबार काठमाडौको ट्राफिक ब्यवस्थापन धेरै नै प्रभावित हुनेछ । काठमाडौको एयरपोर्ट, बौद्ध, गौशाला, टुंडिखेल, शितलनिवास, महाराजगञ्ज लगायत क्षेत्रको ट्राफिक प्रभावित हुने ट्राफिक प्रहरीले जनाएको छ । भ्रमणको समयमा यी ठाउँ र आसपासमा गाडी चल्न नदिइने हुँदा त्यसको प्रभाव काठमाडौका अरु ठाउँमा पनि पर्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ