नेकपाका नेतालाई अदालत छाड्ने प्रहरी पक्रनेः रिहापछि राई सहित ५ जना अदालतबाटै राति नै गिरफ्तार

नेकपाका नेतालाई अदालत छाड्ने प्रहरी पक्रनेः रिहापछि राई सहित ५ जना अदालतबाटै राति नै गिरफ्तार

  • बिहिबार, बैशाख २७, २०७५
  • मिर्मिरे अनलाइन

  • 9K
    SHARES

उदयपुर , २७ वैशाख ।
नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य तथा कोशी ब्यूरो इन्चार्ज किरण राई सहित ५ जना नेताहरुलाई आज रिहा गरे पनि प्रहरीले गिरफ्तार गरेको छ ।
केन्द्रिय सदस्य राई सहित कोशि ब्युरो सदस्य दिपसन लिम्बु, धनकुटा ईन्चार्ज माधव गौतम, सेक्रेटरी नवराज भट्टराई र तेहथुमको सेक्रटरी कमला लिम्बुलाई जिल्ला अदालत उदयपुरले आज सामान्य धरौटिमा आज रिहा गरेपनि प्रहरीले अदालत परिसरबाटै गिरफ्तार गरेको हो ।
गत चैत ५ गते धनकुटाको हिलेबाट गिरफ्तार गरि चैत २९ गते धनकुटा जिल्ला प्रशासनले सामान्य धरौटिमा छोडे लगत्तै उनीहरुलाई पुन उदरपुरबाट गएको प्रहरी टोलीले गिरफ्तार गरेको थियो ।
आ पनि जिल्ला अदालत उदयपुरले रिहा गरेलगत्तै गिरफ्तार गर्ने तयारी गरेपछि अदालत भित्रै बसेका उनीहरुलाई राति पौने १० बजे गिरफ्तार गरेको जनाईएको छ ।
राई सहित पाँचै जना नेताहरुलाई मोरङ्ग लैजाने तयारी गरेको छ । उनीहरुसँगै गिरफ्तार गरिएका राजकुमार दंगाल र दिब्यराज बराललाई भने प्रहरीले संङखुवासभा लगेको छ ।

 

रिहा लगत्तै पुनः पक्राउ गर्न खोजेपछि नेकपा नेता राई सहित ५ जना अदालत भित्रै, प्रहरी बाहिर तैनाथः दुई जनालाई संखुवासभा लगिदै

नेकपाका नेता राई सहित ७ जना रिहा भएलगत्तै पुनः गिरफ्तार, उदयपुर लगिदैँ: वैशाख ४ गते पूर्वी कमाण्ड बन्द

नेकपाका केन्द्रिय सदस्य किरण राई सहित काेसी ब्युरोका सात नेतालाई प्रहरीले गर्यो गिरफ्तार

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ