पूर्व बजेट छलफल शुरु, कस्ले के भने ?

पूर्व बजेट छलफल शुरु, कस्ले के भने ?

  • बिहिबार, बैशाख २७, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

काठमाडौँ, २७ वैशाख ।

राष्ट्रियसभामा आजदेखि आर्थिक बर्ष ०७५÷७६ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक)सम्बन्धमा छलफल शुरु भएको छ ।

अर्थमन्त्री डा युवाराज खतिवडाले पेश गरेको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा आज बाट सुरु भएको छलफलमा भाग लिर्दैँ बलरामप्रसाद बास्कोटाले प्रस्तावमा समावेश समृद्ध नेपाल र सुखी नेपालको लक्ष्य प्राप्त गर्ने मार्ग्चित्र सकारात्मक रहेको बताउनुभयो ।

सांसद राधेश्याम अघिकारीले अर्थमन्त्रीले प्रस्तुत गर्नुभएको स्वेतपत्रले आँकलन गरेजस्तो मुलुकको आर्थिक अवस्था नरहेको टिप्पणी गर्नुभयो ।

उहाँले शिक्षामा बजेट घट्नुका साथै सामुदायिक विद्यालयको गुणस्तर कायम गर्न र उच्च शिक्षा र अनुसन्धानको विषयमा विनियोजन विधेयकले नछुट्याएकोबारे स्पष्ट धारणा आउन आवश्यक रहेको बताउनु भयो ।

साथै उहाँले सुनकोशी कमला डायभर्सनका लागि बजेट ल्याइनुपर्नेमा जोड दिदैँ मानव संशाधनबारे अर्थमन्त्रीको स्पष्ट धारणा माग गर्नुभयो ।

सांसद जीवन बुढाले आर्थिक र समृद्धिका आधारले मूलभूत रुपमा बजेटका प्राथमिकताप्रति सहमत भए पनि दुर्गम र सुगमका लागि एउटै बास्केटमा हाल्ने प्रवृत्ति गलत भएको बताउनु भयो ।

उहाँले पहाड र दुर्गम क्षेत्रका नागरिकले बजेट र प्राथमिकता हेर्न तराई र शहरमा आउनु पर्ने अवस्था अन्त्य हुनुपर्ने भन्दै दुर्गम क्षेत्रका लागि आँकलन गरेको बजेट निकै थोरै भएको हुनाले वृद्धि गर्न आवश्यक रहेकोमा जोड दिनुभयो ।

सांसद रामप्रित पासवानले समाजवादी अर्थतन्त्रको खोलभित्र पूँजीवादी अर्थतन्त्रको परिकल्पना गर्नु नै त्रुटि रहेको बताउँदै वर्गीय र जातीय विभेदको समस्या समाधान नगरिकन विकास सम्भव नभएकाले विभेद र कुरीति निरुत्साहित गर्ने बजेट ल्याउन सुझाव दिनुभयो ।

उहाँले बाढीपीडितको समस्यालाई सम्बोधन गर्ने विषय बजेटमा समेटिन आवश्यक रहेको बताउँदै प्राविधिक तथा स्वरोजगार शिक्षाका लागि पर्याप्त बजेट विनियोजन गर्न सुझाव दिनुभयो । राष्ट्रियसभाको बैठक जारी रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ