आज मध्यान्ह १२ बजेदेखि मोदीको भ्रमण नसकिएसम्म सर्वसाधारणका लागि जानकी मन्दिर प्रवेशमा रोक

आज मध्यान्ह १२ बजेदेखि मोदीको भ्रमण नसकिएसम्म सर्वसाधारणका लागि जानकी मन्दिर प्रवेशमा रोक

  • बिहिबार, बैशाख २७, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

काठमाडौ २६ वैशाख ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणको तयारी अन्तिम चरणमा पुगेको प्रदेश सरकारले जनाएको छ ।

प्रदेश २ का मुख्य मन्त्री लालबाबु रावतले आज विहान नेपाल प्रहरी, सशस्त्र प्रहरी र सेनासँग सुरक्षा अवस्थाबारे जानकारी लिएपछि तयारी अन्तिम चरणमा पुगेको बताउनुभएको हो ।

भारतीय प्रधानमन्त्रीको भ्रमणको समयमा सुरक्षा चुस्त राख्न कुनै कसर बाँकी नराख्न उहाँले तीनै सुरक्षा निकायलाई निर्देशन समेत दिनुभएको छ ।

रामजानकी आसपासका क्षेत्रमा सरसफाई समेत तीव्र पारिएको छ । प्रहरी, सेना र सर्वसाधारण समेतको सहभागितामा सरसफाई भइरहेको छ ।

यसैबीच, सुरक्षाको कारण देखाउँदै आज मध्यान्ह १२ बजेदेखि सर्वसाधारणका लागि जानकी मन्दिर प्रवेशमा रोक लगाईने भएको छ ।

प्रदेश सरकारले सूचना जारी गर्दै सुरक्षाको कारण मोदीको भ्रमण नसकिएसम्मका लागि मन्दिर प्रवेशमा रोक लगाइने जनाएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ