इरानी संसदमा परमाणु सम्झौता जलाउर्दै घन्काए ‘अमेरिका मुर्दावाद’को नारा:खोमेनी भन्छन्, ट्रम्प तिमीले गल्ती गर्‍यौ

इरानी संसदमा परमाणु सम्झौता जलाउर्दै घन्काए ‘अमेरिका मुर्दावाद’को नारा:खोमेनी भन्छन्, ट्रम्प तिमीले गल्ती गर्‍यौ

  • बिहिबार, बैशाख २७, २०७५
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

एजेन्सी, वैशाख २७ ।

अमेरीकाले इरानसगको परमाणु सम्झौताबाट अलग्गीएको घोषणा गरेपछि इरानका सर्वोच्च नेता आयोतुल्लाह अली खोमेनीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा आलोचना गरेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसगको परमाणु सम्झौतामा अमेरिकाले आफूलाई अलग गरेको घोषणापछि खोमनीले ट्रम्पको घोषणालाई निकै तल्लो स्तरको बताउँदै त्यसको कुनै अर्थ नरहेको बताएका छन् ।

खोमेनीले भने, ‘ट्रम्प तिमीले गल्ती गर्‍यौ । इरानी संसदमा परमाणु सम्झौताको एकप्रति पनि जलाइएको थियो । सांसदहरु अमेरिकाको विरोध गरिएका ब्यानर बोकेर ‘अमेरिका मुर्दावाद’ नारा पनि लगाइरहेका थिए । त्यसभन्दा पहिले इरानी राष्ट्रपति हसन रुहानीले आफ्नो देश बहुराष्ट्रिय परमाणु सम्झौतामा अडिग रहने बताएका थिए ।

सन् २०१५ को जुलाईमा ओबामा प्रशासनको कार्यकालमा भएको सम्झौतामा इरानलाई हतियार किन्न पाँच वर्ष प्रतिबन्ध लगाइएको थियो । साथै मिसाइल प्रतिबन्धको समयसीमा आठ वर्ष पुर्‍याइएको थियो ।

इरानले सम्झौतालाई मान्दै आफ्नो परमाणु कार्यक्रमको ठूलो हिस्सा बन्द गरेको थियो । साथै बाँकी कार्यक्रमको निगरानीका लागि अन्तर्राष्ट्रिय निरीक्षकको जिम्मा लगाउन इरान तयार भएको थियो । सम्झौतामा हस्ताक्षर गर्ने बेलायत, फ्रान्स तथा जर्मनीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सम्झौताबाट पछि नहट्न आग्रह गरेका थिए । फ्रान्सका राष्ट्रपतिले आफ्नो अमेरिकी भ्रमणका बेला पनि ट्रम्पलाई इरानसँगको सम्झौता ‘बेष्ट’ नभए पनि यसको कुनै विकल्प नभएको बताएका थिए ।

यी तीन देशले अमेरिकाले जे गरे पनि आफूहरु तीन वर्ष पुरानो सम्झौताबाट पछि नहट्ने बताएका छन् । इरानका राष्ट्रपति हसन रुहानीले पनि अमेरिकी राष्ट्रपति ट्रम्पले इरानसँगको परमाणु सम्झौता रद्ध गरेमा उसले ऐतिहासिक गल्ती गर्ने र पछिसम्म पछुताउनुपर्ने बताएका छन् ।

उता अमेरिकाले तत्कालै इरानमाथि कुनै पनि नयाँ प्रतिबन्ध नलगाउने बताएको छ । अमेरिकाले ९० देखि १८० दिनभित्रमा केही निर्णय गर्ने जनाएको छ ।

अमेरिकाले सन् २०१५ को सम्झौताअनुसार नै इरानी उद्योगमाथि प्रतिबन्ध लगाउने जनाएको छ । यसमा इरानको पेट्रोलियम सेक्टर, विमान निर्यात, बहुमूल्य धातुको व्यपार तथा अमेरिकी डलर खरिद प्रक्रिया रहेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले देखावटी रुपमा मात्रै परमाणु कार्यक्रम रोकेको अरोप लगाएका छन् । परमाणु कार्यक्रम रोक्न पाएको एक सय अर्ब अमेरिकी डलर हतियार बनाउन तथा चरमपन्थीलाई बढावा दिनका साथै मध्यपूर्वमा दमनका लागि प्रयोग गरेको आरोप ट्रम्पले इरानमाथि लगाएका छन् ।

इरानसँगको परमाणु सम्झौतामा सहभागी भएका फ्रान्स, जर्मनी तथा बेलायतले अमेरिकी कदमको विरोध गरेका छन् । फ्रान्सका राष्ट्रपति इम्मानुएल मेक्रोनले इरानसँगको परमाणु सम्झौता त्याग्ने अमेरिकी निर्णय दूर्भाग्यपूर्ण रहेको बताएका छन् ।

युरोपेली युनियनका विदेश मामिला प्रमुख फेडेरिका मोघेरिनीले युनियर परमाणु सम्झौतालाई संरक्षित गर्नका लागि प्रतिबद्ध रहेको जनाएकी छिन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ