कर्णालीलाई विकासको मूलधारमा ल्याउन यथाशक्य बजेट विनियोजन गर्ने आश्वासन

कर्णालीलाई विकासको मूलधारमा ल्याउन यथाशक्य बजेट विनियोजन गर्ने आश्वासन

  • बुधबार, बैशाख २६, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

काठमाडौँ, २६ वैशाख।

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार कर्णाली प्रदेशको विकासका लागि गम्भीर रहेको बताउनुभएको छ ।

कर्णाली प्रदेशका मुख्यमन्त्रीलगायत सर्वदलीय जनप्रतिनिधिकातर्फबाट प्रस्तुत ज्ञापनपत्र आज बालुवाटारमा बुझ्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाही, संघीय सांसद जनार्दन शर्मा, प्रदेशका अर्थमन्त्री प्रकाश ज्वालालगायतको समूहले प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाउनुभएको थियो ।

ज्ञापनपत्रमा भौतिक पूर्वाधार, हवाई यातायात, सिँचाइ, ऊर्जा तथा विद्युतीकरण, सञ्चार, बस्ती विकास तथा पर्यटन, खानेपानी, शिक्षा, स्वास्थ्य र कृषिलगायतका क्षेत्रमा बजेट विनियोजन गर्न प्रधानमन्त्रीसँग माग गरिएको छ ।

प्रधानमन्त्री ओलीले कर्णालीलाई विकासको मूलधारमा ल्याउन यथाशक्य बजेट विनियोजन गर्ने आश्वासनसमेत दिनुभयो ।

ज्ञापनपत्र प्रस्तुत गरेपछि मुख्यमन्त्री शाहीले सरकारको आगामी नीति तथा कार्यक्रममा कर्णाली प्रदेशको विकासका लागि रणनीतिक महत्व राख्ने सडक र पूर्वाधार निर्माणका लागि विशेष बजेटको व्यवस्था गर्न आग्रह गरिएको सञ्चारकर्मीलाई जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ