नेपालमा पहिलोपटक पूँजी बजार प्रदर्शनी भृकुटीमण्डपमा सुरु, पूँजी बजार अझै अस्वस्थ रुपमा चलेको छ: खतिवडा

नेपालमा पहिलोपटक पूँजी बजार प्रदर्शनी भृकुटीमण्डपमा सुरु, पूँजी बजार अझै अस्वस्थ रुपमा चलेको छ: खतिवडा

  • बुधबार, बैशाख २६, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.2K
    SHARES

काठमाडौं, बैशाख २६ ।
नेपाल धितोपत्र वोर्ड (सेवोन) स्थापनाको २५ औं वर्षमा प्रवेश गरेको अवसरमा नेपालमा पहिलोपटक पूँजी बजार प्रदर्शनी राजधानीको भृकुटीमण्डपमा सुरु भएको छ ।

वोर्डको रजत जयन्तीका अवसरमा गरिएको प्रदर्शनी भोलिसम्म चल्ने छ । नेपाल धितोपत्र बोर्ड पूँजी बजार तथा वस्तु विनिमय बजारको विकास तथा विस्तार, लगानी कर्ताको हित, वस्तु कारोवार व्यवस्था र कारोवारलाई नियमन तथा व्यवस्थित गर्न स्थापीत भएको नियमनकारी निकाय हो ।

प्रदर्शनीको उद्घाटन गर्दै अर्थमन्त्री डाक्टर युवराज खतिवडाले बजारलाई स्वस्थ र प्रतिष्पर्धी बनाउनु सरकारको दायित्व भएको भन्दै पूँजी बजार अझै अस्वस्थ रुपमा चलेको टिप्पणी गर्नुभएको छ । अस्वस्थ रुपमा गरिएको कारोबारमा लगानीकर्ताको जोखिम वहन गर्न सरकार जिम्मेवार नहुने उहाको भनाइ छ ।

नयाँ स्टक एक्सचेन्ज स्थापना गर्न नीतिगत निर्णय भइसकेको भन्दै उनले इन्टरनेटमार्फत खरिद बिक्रीको आदेश दिनसक्ने व्यवस्था गर्न सम्वन्धीत निकायलाई निर्देशन दिइसकेको बताउनु भयो ।

प्रदर्शनीमा झण्डै २ सय स्टल राखिएका छन् । सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण निर्दे्शिका जारी भइसकेको पनि मन्त्री खतिवडाले जानकारी गराउनु भएको छ ।

प्रदर्शनीमा नेपाल धितोपत्र वोर्ड, बीमा समिति, नेपाल स्टक एक्सचेन्ज, धितोपत्र बजारसम्बन्धी सफ्टवेयर कम्पनीहरुले झण्डै २ सय वटा स्टल राखेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ