मुस्ताङ, बैशाख २६ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुक्तिनाथ भ्रमणलाई लक्षित गरी सुरक्षा प्रबन्धको कार्ययोजना तयार पार्न भन्दै भारतीय एआईजीसहित १५ जनाको टोली मुस्ताङ गएको छ ।
मोदीको भ्रमणलाई व्यवस्थित गर्न भन्दै पोखराबाट बिहान हिडेको टोलीमा ४ जना भारतीय एआईजीसहित सुरक्षाफोर्स सामेल छ । उनीहरु साँझसम्म जोमसोम पुग्ने जनाइएको छ ।
सुरक्षा फोर्सले भोली (विहीवार) जिल्लाका सरोकारवाला निकायसँग उच्चस्तरीय छलफल गर्ने कार्ययोजना पनि रहेको छ ।
त्यस्तै मोदीलाई कुन–कुन तहका व्यक्तिले नागरिक अभिनन्दन गर्ने भन्ने टुङ्गो पनि लगाइने छ ।
मोदीको भ्रमण अविधिभर मुक्तिनाथ परिसरमै रहेर टोलीले सुरक्षा प्रदान गर्ने जनाईएको छ । यसका साथै नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीले सुरक्षा प्रदान गर्ने छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline