जनकपुर, वैशाख २६ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुई दिन पछि हुने जनकपुर भ्रमणका लागि बनाइएको पण्डाल र स्वागतद्वार आज बिहान भत्किएको छ ।
वर्षासँगै आएको हावाहुरीले मोदी स्वागतकालागि आयोजकले बनाएको स्वागत द्वार ढलेको हो । मोदीको अभिनन्दन हुने रंगभूमी बाह्र बिगाह मैदानमा पानी जमेको छ ।
हावाहुरीले सडकको पण्डाल खसेपनि अभिनन्दन हुने स्थानमा भने खासै क्षति नभएको धनुषाका निमित प्रमुख जिल्ला अधिकारी दिपक कर्णले जानकारी दिनुभयो ।
हावा हुरीकोक्रममा पण्डाल निर्माणकालागि ल्याएएको समाग्री बचाउन खोज्दा केही मजदुर समान्य घाइते भएका छन् ।
पछिल्लो दुई साता यता मोदीको स्वागतकालागि २४ घण्टा मजदुर परिचालन गरेर रंगभूमी मैदान सरसफाइ, रंगरोगन, पण्डाल निर्माण भइरहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline

